स्वांसी सिटीद्वारा लिभरपुल १-० ले पराजित

स्वांसी सिटीद्वारा लिभरपुल १-० ले पराजित

कपन अनलाइन 

एजेन्सी, ९ माघ । सोमबार राति भएको प्रिमियर लिगमा लिभरपुललाई स्वान्सी सिटीले १-० गोलले पराजित गरेको छ । स्वान्सी सिटीको घरेलु मैदानमा भएको खेलमा लिभरपुलले धेरै अवसरहरु सिर्जना गरेको थियो ।

खेलको अन्तिम मिनेटसम्म पनि आक्रामक खेल खेलेको लिभरपुलले गोल गर्न भने सकेन ।स्वान्सी सिटीका लागि एल्फी मअसनले खेलको ४० औ मिनेटमा गोल गरे । उक्त गोल नै स्वान्सी सिटीका लागि खेल जित्न काफी रह्यो ।

अंक तालिकाको २० औ स्थानमा रहेको स्वान्सीलाई यस जितले केही राहत दिएको छ । स्वान्सीको २४ खेलमा २० अंक रहेको छ ।

तपाइँको प्रतिक्रिया ।