‘रामकहानी’ मा पूजा र आकाश देखिने

‘रामकहानी’ मा पूजा र आकाश देखिने
कपन अनलाइन 
काठमाडौं, ९ माघ । ‘मधुमास’मा आर्यन सिग्देल, ‘प्रेमगीत’मा प्रदीप खड्का र ‘म यस्तो गीत गाउँछु’मा पल शाहसँग स्क्रिन शेयर गरिसकेकी नायिका पूर्जा शर्माले नयाँ फिल्ममा रोमान्स गर्ने नायकको नाम बाहिर आएको छ । ‘रामकहानी’ नाम राखिएको फिल्ममा ‘म त तिम्रै हुँ’का नायक आकाश श्रेष्ठ अनुवन्धित भएको निकट स्रोतले फिल्मीखबर डटकमलाई जानकारी दिएको छ । आकाशको ‘तिमीसँग’ नामक फिल्म प्रदर्शनको तयारीमा छ ।
कमेडी लभस्टोरी जनरामा निर्माण हुने ‘रामकहानी’मा आकाश, पूजाको अपोजिटमा देखिनेछन् । सुदर्शन थापाको कथा, निर्देशन र निर्माण रहने फिल्ममा पूजाको पनि लगानी रहनेछ । केही महिनादेखि सुदर्शन र पूजा राम्रो नाच्न जान्ने नायकको खोजीमा थिए ।
फिल्ममा पूजा र आकाशसँगै हास्यकलाकारहरु केदार घिमिरे (माग्ने बुढा), जितु नेपाल (मुन्द्रे), विल्सन विक्रम राई (तक्मे बुढा), रविन्द्र झा लगायतका कलाकारहरुको पनि अभिनय रहनेछ । यो फिल्मका लागि केदारले १० लाख र जितुले ७ लाख पारिश्रमिक बुझेको चर्चा छ ।
दिनेश न्यौपाने र महेश दवाडीको स्क्रिप्ट रहेको ‘रामकहानी’मा अर्जुन पोखरेलको संगीत र सौरभ लामाको छायांकन रहनेछ । फिल्मको छायांकन फागुन १ गतेबाट सुरु हुँदैछ ।
तपाइँको प्रतिक्रिया ।