सपथ ग्रहण गरे पछि प्रदेस सभा सदस्य भीमसेन खत्रीले के भने ?
कपन अनलाइन
काठमाडौं,माघ ९।
प्रदेस नं ३ प्रदेस सभामा समानुपातिक तर्फ बाट प्रदेस सभा सदस्य बनेका नेपाली कांग्रेसका भीमसेन खत्रीलेले सपथ ग्रहण पश्चात पहिलो प्रतिक्रिया दिदै आफ्नो क्षेत्र र प्रदेसको शिक्षाको निम्ति आफुले योगदान दिने बताएका छन ।
लामो समय शिक्षण पेशामा विताएका प्राज्ञिक व्यक्तित्व समेत रहेका खत्रीले हेटौडामा सपथ ग्रहण गरे पश्चात कपन अनलाइनलाई पहिलो पटक प्रतिक्रिया दिदै उनले प्रदेशमा आफुलाई तोकिने जिम्मेवारी पुरा गर्ने र आफ्नो क्षेत्रमा पनि स्थानीय तहका जनप्रतिनिधिहरु संग सहकार्य गर्दै क्षेत्रको विकासमा लाग्ने बताए । आफु शैक्षिक पृष्ठभूमि बाट आएको हुनाले शिक्षा तर्फ बिशेष जोड रहने बताएका छन। साथै उनले अवसर संगै चुनौती पनि थपिएकोले चुनौतीलाई अवसरमा बदल्ने भन्दै निर्वाचनको दौरानमा सहयोग गर्ने सबैलाई धन्यवाद दिएका छन।
तपाइँको प्रतिक्रिया ।