बुढानिलकण्ठ नगरपालिका वडा नं १२ प्रशान्ति एकेडेमीको ११ औ बार्षिक खेलकुद सप्ताह शुरु

बुढानिलकण्ठ नगरपालिका वडा नं १२ प्रशान्ति एकेडेमीको ११ औ बार्षिक खेलकुद सप्ताह शुरु

कपन अनलाइन

काठमाडौं,माघ ८।

बुढानिलकण्ठ नगरपालिका वडा नं १२  कपनमा रहेको प्रशान्ति एकेडेमीमा ११ औ बृहत बार्षिक  खेलकुद सप्ताह २०७४  को एक कार्यक्रमका बीच उद्घाटन भएको छ ।

उक्त कार्यक्रमका प्रमुख अतिथि काठमाडौं जिल्ला खेलकुद विकास समितिका अध्यक्ष धुर्व राज न्यौपाने रहेका थिए भने बिशेष अतिथि प्याब्सकका अध्यक्ष एबम  नेसनल  प्याब्सन काठमाडौंका सहसचिब तथा कान्तिपुर एकेडेमीका प्रिन्सिपल बाल कुमार गुरुङ अतिथिहरुमा अन्नपूर्ण पोस्टका पत्रकार भुमिश्वर पौडेल, प्याब्सक कोषाध्यक्ष एबम पायोनियर पब्लिक स्कुल कपनका प्रिन्सिपल राजन श्रेष्ठ ,प्रशान्ति स्कुलका प्रिन्सिपल समिर बास्तोला बिद्यालय संचालक डा.पृथ्वी थपलिया , कमल नेत्र स्कुलका कोर्डिनेटर, लक्ष्मण गौतम फेसिलेटर स्कुलका निर्मल सिग्देल लगायत बिद्यार्थी र अभिभावकको उल्लेख्य उपस्थिति रहेको थियो उक्त कार्यक्रमको  सभाध्यक्षता बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष  लोक प्रसाद उपाध्यायले गरेका थिए ।

प्रमुख अतिथिले पानसमा बत्ति बालेर उद्घाटन गरिएको कार्यक्रममा बिध्यालयका प्रिन्सिपल समिर बास्तोलाले स्वागत मन्तब्य राखेका थिए । उक्त खेलकुद सप्ताहका रेफ्रीलाइ प्रमुख अतिथि काठमाडौँ जिल्ला खेलकुद विकास समितिका अध्यक्ष धुर्व राज न्यौपानेले खेल सामग्री र क्याप हस्तान्तरण गरेका थिए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि काठमाडौँ जिल्ला खेलकुद विकास समितिका अध्यक्ष धुर्व राज न्यौपानेले खेलले नै रास्ट्र चिनाउने र  बिद्यालय बाट नै खेलाडीहरु निर्माण हुने भएको हुँदा  खेलकुद कार्यक्रम समय समयमा गर्नु पर्ने बताएका थिए साथै उनले कक्षा कोठामा मात्र सिमित हुनुहुँदैन भन्दै जब बिद्यार्थी शारीरिक रुपमा स्वास्थ्य नभए सम्म राम्रोसंग पठन पाठन गर्न नसक्ने भएका कारणले पनि  बिद्यालयले शिक्षा र खेलकुदलाई एक साथ जोड्नु पर्ने बताएका थिए । खेल सप्ताहको शुभकामना दिएका थिए  ।

कार्यक्रममा बिशेष अतिथि प्याब्सकका अध्यक्ष एबम  नेसनल  प्याब्सन काठमाडौँका सहसचिब  तथा कान्तिपुर एकेडेमीका प्रिन्सिपल बाल कुमार गुरुङले शुभकामना मन्तब्य राखेका थिए। कार्यक्रममा प्रशान्ति विद्यालयका बिध्यार्थीहरुले नृत्य सहित मनोरंजन कार्यक्रम प्रस्तुत  गरेका थिए ।

कार्यक्रमको समापन गर्दै सभापति बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष  लोक प्रसाद उपाध्यायले उपस्थित सबैलाई धन्यबाद ब्यक्त गरेका थिए ।

तपाइँको प्रतिक्रिया ।