जे सीआइ गोदावरीको अध्यक्षमा जेसी आशिस शर्मा चयन

जे सीआइ गोदावरीको अध्यक्षमा जेसी आशिस शर्मा चयन

कपन अनलाइन

काठमाडौं,माघ ८ ।
जे सी आइ गोदावरीको १८ औ पदस्थापना तथा पुरस्कार वितरण कार्यक्रम यहि माघ ६ गते सम्पन्न भएको छ। कार्यक्रमको प्रमुख अतिथि गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जन रहेका थिए । गोदावरी नगरपालिकाका उपमेयर मुना अधिकारिले पनि आतित्यथा ग्रहण गरेकी थिइन्।

कार्यक्रममा जेसिआई नेपालबाट क्षेत्र ग्रुपका लागि निरुपित राष्ट्रिय कार्यकारी उपाध्यक्ष जे सी पद्म बिक्रम सिहं, क्षेत्र ग जेसिआई गोदावरीका लागि निरुपित राष्ट्रिय उपाध्यक्ष जेसी रविन पोखरेल, जेसिआई नेपालका राष्ट्रिय उपाध्यक्ष रंजना चापागाई खर्भुजाले पनि आतित्यथा ग्रहण गरेका थिए।

पदस्थापना कार्यक्रम पुर्व अध्यक्षहरुको समूहले जेसिसको परम्परा अनुसार अध्यक्षको माला सन् २०१७ का अध्यक्ष जे सी कुबेर केसीबाट २०१८ को अध्यक्ष जेसी आशिस शर्मालाई लगाई पदस्थापना गरेको थियो ।

सन् २०१८ को अध्यक्ष पदका लागि जेसी आशिस शर्माले सपथ ग्रहण गरेका थिए। सन् २०१८ को अध्यक्ष जेसी आशिस शर्माले बोर्डका पदाधिकारीहरुलाई पनि सपथ ग्रहण गराएका थिए। जे सी आइ गोदावरीको १७ बार्षिक साधारण सभा यहि पुष १ गते आफ्नै सचिवालय कार्यालय ठैब ललितपुरमा सम्पन्न भएको थियो ।

उक्त साधारणसभामा सन् २०१८ को नेतृत्वका लागि अध्यक्ष पदका लागि जेसी आशिस शर्मा निर्वाचित भएका थिए भने जेसी अमृता शाही र जेसी महेश्वर खत्री बरिस्ठ उपाध्यक्ष चयन भएका थिए। त्यस्तै उपाध्यक्षमा जेसी बिनोद बराल , जेसी बैभव अधिकारि , जेसी शैसन शाक्य,जेसी चेतना मिश्र चयन भएका छन्।

त्यस्तै महासचिबमा जेसी किरण नेउपाने, सचिवमा जेसी संजय श्रेष्ठ , कानुनि सल्लाहकार जेसी सुमन राज जोशी , कोषाध्यक्षमा जेसी प्रमोद पोखरेल, सह कोषाध्यक्षमा जेसी प्रकाश अर्याल नियुक्त हुदै सन् २०१८ को लागि १९ सदस्यीय बोर्ड गठन भएको थियो।

प्रमुख अतिथि गोदावरी नगरपालिका का मेयर गजेन्द्र महर्जनलाई सम्मान गर्नुका साथै जेसिआई गोदावरीको मानार्थ सदस्य प्रदान गरेको थियो ।

उक्त कार्यक्रममा वर्ष भरिमा उत्कृष्ट कार्य गर्ने सदस्यहरुलाई पुरस्कृत गर्नुका साथै बिभिन्न ब्यक्तित्वहरुलाई सम्मान गरेको थियो । पुरस्कार वितरण तथा मुल्यांकन कार्यक्रमको जिम्मेवारी जिसिआई गोदावरीका पुर्व अध्यक्ष एव जेसिआई नेपाल पुर्व रास्ट्रिय उपाध्यक्ष एवं सन् २०१७ का कोषध्यक्ष जेसी आनन्द अधिकारीले गरेका थिए।उक्त पदस्थापना कार्यक्रममा जेसिअईका बिभिन्न शाखाहरुबाट शाखा अध्यक्ष तथा पदाधिकारी हरुको पनि उपस्थिति रहेको थियो ।

आज भन्दा १०० वर्ष अगाडी अमेरिकाबाट हेनरी गिसेनबरले १८ देखि ४० वर्ष सम्मका युवाहरुको संजाल शुरु गरेका थिए । जेसिआईको उक्त संजाल बिश्वब्यापी हुदै सन् १९६४ मा आएर जेसिआई सिनेटर भेषबहादुर थापाले जेसिआई नेपालको स्थापना गरेका थिए। यसै अभियानमा सन् २००० मा जेसिआइ गोदावरीको स्थापना भएको थियो ।

कुशल नेतृत्व र व्यवस्थापन अनुभव भएका नवनिर्वाचित अध्यक्ष जेसी आशिस शर्माले गोदावरी जेसिसलाई नयाँ उचाइ र विधिको शासन र जिम्मेवारी प्रति प्रतिबद् रहेको र सबैले आ-आफ्नो ठाउँबाट जिम्मेवार बन्नु पर्ने धारणा व्यक्त गरे ।

जेसी आशिस शर्मा सूचना प्रबिधि बिशेषज्ञ हुन । उनको सूचना प्रबिधि क्षेत्रमा काम गरेको एक दशक भन्दा लामो अनुभव रहेको छ ।

तपाइँको प्रतिक्रिया ।