च:मति आयोजना भित्र रहेका खुल्ला क्षेत्रलाई व्यवस्थित गर्न पहल गर्ने : जीवनराम श्रेष्ठ

च:मति आयोजना भित्र रहेका खुल्ला क्षेत्रलाई व्यवस्थित गर्न पहल गर्ने : जीवनराम श्रेष्ठ

कपन अनलाइन 

काठमाडौं,माघ ८ ।

काठमाडौं क्षेत्र नं. ८ का प्रतिनिधिसभा सदस्य जीवनराम श्रेष्ठले च:मति आयोजना २ बर्ष भित्रै सक्ने गरी आफु लागी रहेको र च:मति आयोजना भित्र रहेका खुल्ला क्षेत्रलाई व्यवस्थित गर्न पनि पहल गरिरहेको बताएका छन् ।

ज्यास्त श्री गणेश र श्री सरस्वती  मन्दिर संरक्षण समितिको दोश्रो साधारणसभा तथा वार्षिक पुजा कार्यक्रममा बोल्दै श्रेष्ठले अब देश सास्कृतिक र आर्थिक रुपले विकास गर्ने सबै लग्नु पर्ने बताए ।

बिशेष अतिथि कामपा वडा नं.१५ का वडा अध्यक्ष इश्वरमान डंगोलले मन्दिर हाताभित्र रहेको जग्गामा नमुना अकुप्रेशर पार्क बनाउन वडा लागी रहेको हुँदा सबैलाई सहयोग गर्ने अनुरोध गरेका थिए ।

समितिका सदस्य राजेन्द्र श्रेष्ठले मन्दिर व्यवस्थित रुपमा संरक्षण गर्नु पर्ने बताएका थिए । कार्यक्रमको सभापति समितिका अध्यक्ष महेन्द्र कार्कीले गरेका थिए भने कार्यक्रममा जेष्ठ नागरिक शंकरलाल मानन्धर लगाएत समितिका पदाधिकारी,सदस्य र स्थानीयवासीहरुको उपस्थिति रहेको थियो ।

तपाइँको प्रतिक्रिया ।