कागेश्वरी मनोहरा नगरपालिका वडा नं १ बाम गठबन्धनको अन्तरक्रिया कार्यक्रम  सम्पन्न

कागेश्वरी मनोहरा नगरपालिका वडा नं १ बाम गठबन्धनको अन्तरक्रिया कार्यक्रम  सम्पन्न

कपन अनलाइन

काठमाडौ, माघ ६ ।

कागेश्वरी मनोहरा नगरपालिका वडा नं १ बाम गठबन्धनको आयोजनामा आज प्रतिनिधि सभा तथा प्रदेश सभाका बिजयी सांसदहरुलाई शुभकामना बधाई सहित चियापान एबम अन्तरक्रिया कार्यक्रम  सम्पन्न भएको छ ।

उक्त कार्यक्रममा प्रमुख अतिथि काठमाडौँ क्षेत्र नं ३ का प्रतिनिधि सभा सदस्य कृष्ण राइ ,विशेष अतिथि प्रदेश ख का संसद रामेश्वर फुयाल , कागेश्वरी मनोहरा नगरपालिका वडा नं १ का वडा अध्यक्ष मुकुन्द प्रसाद गजुरेल,वडा नं ३ का वडा अध्यक्ष राममणि पुडासैनी,नेकपा माओवादी केन्द्रका पोलिट ब्युरो  कृष्ण केसी , निर्वाचन क्षेत्र इन्चार्ज राम शरण ढुंगाना ,प्रदेश संयोजक बिश्वराज श्रेष्ठ ,प्रदेश संयोजक एबम जिल्ला कमिटि सदस्य महेश्वर फुयाल ,जनप्रतिनिधि बलराम खड्का ,ड़ा. बिदुर चालिसे, गठबन्धन संयोजक हेमन्त फुयाल लगायत स्थानीयहरुको उपस्थिति रहेको थियो।

उक्त कार्यक्रमको सभाध्यक्षता दलबहादुर लामाले गरेका थिए भने  संचालन उत्सब प्याकुरले गरेका थिए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि काठमाडौँ क्षेत्र नं ३ का प्रतिनिधि सभा सदस्य कृष्ण राइले निर्वाचन अभियानको अवधि भर आफुलाई अत्यन्तै सक्रियता र उत्सुकतापूर्वक सहयोग, समर्थन र माया गर्ने सम्पूर्ण कार्यकर्ता, समर्थक, शुभचिन्तक र आम मतदातामालाई  धन्यवाद दिंदै निर्माण विकासलाई उत्पादन संग जोडेर हेर्नु पर्ने बताएका थिए।

पहिलो प्रथमिकता त्यही बाट सुरु गर्नुपर्ने भन्दै उत्पादन संग नजोडिने हो भने विकासको सार्थकता नरहने भन्दै  बिकास निरन्तर भइरहने प्रक्रिया भएको बताए  ।

उनले प्रजातन्त्रमा नेतालाई चुने पछि सबै काम उसले मात्र गर्ने भन्ने जस्तो नहुने बताउदै आफुहरुले त्यसको अगुवाई र नेतृत्व गर्ने अरुले दिन नसकेको सोच दिने त्यो संगै जनताहरु आफुहरु संग लामबद्द हुँदै सहयोग र साथ् चाहिने बताए।

सोहि कार्यक्रममा बोल्दै काठमाडौँ क्षेत्र  नं ३ प्रदेश ख बाट बिजयी भएका सांसद रामेश्वर फुयालले मतदाताहरुलाई धन्यबाद दिंदै आफुलाई बिश्वास गरेर यो पद सम्म ल्याई पुर्याउन सहयोग गर्ने सम्पूर्ण  क्षेत्र नं ३  का मतदाताहरु नै भएको बताए।

उनले  मतदाताले निर्वाचनमा देखाएको उत्साह र सहयोग महत्वपूर्ण रहेको भन्दै आगामी दिनमा जनचासो र विकासका मुद्दामा केन्द्रित भएर आफु लाग्ने बताएका थिए।

निर्वाचित भएको एकमहिना बितिसकेछ  भोलि सपथ ग्रहण छ  भन्दै त्यो एकमहिना आफु त्यसै नबसेको समेत बताए। उनले आम जनतालाई समेत बाच्ने जीवन मध्ये हाम्रा हरेक सेकेन्डहरुलाइ  असल कामका लागि समाजबाद निर्माणको लागि लाग्नु पर्ने आजको आवश्यकता समेत रहेको बताए ।

सोहि कार्यक्रममा बोल्दै कागेश्वरी मनोहरा नगरपालिका वडा नं १ का वडा अध्यक्ष मुकुन्द प्रसाद गजुरेलले नवनिर्वाचित सांसद हरुलाई बधाई एबम सफल कार्यकाल को शुभकामना दिंदै  वडाले प्रदेश संग समन्वय गर्दै विकास निर्माण मा अघि बढ्ने बताए। नगरपालिका घोषणा भए पनि कागेश्वरी सुदुर उत्तर पूर्वमा रहेको धेरै असुविधा समस्या रहेको  र त्यसको बिकासको लागि सबै निकाय संग हाते मालो गर्दै अघि बढ्नु पर्ने बताएका थिए।

सोहि कार्यक्रमामा स्थानीयले आफ्नो समस्या गुनासो नवनिर्वाचित सांसदहरुलाई राखेका थिए भने नव निर्वाचित सांसदहरुले स्थानीय हरुको प्रश्नको जवाफ दिएर  धन्यबाद ब्यक्त  गर्दै यस किसिमको अन्तरक्रिया समय समयमा गर्नु पर्ने बताएका थिए ।

 

तपाइँको प्रतिक्रिया ।