गोकर्णेश्वर नगरपालिका र एमाले बाट निर्वाचित जनप्रतिनिधि विच छलफल
कपन अनलाइन
काठमाडौ,माघ ५ ।
गोकर्णेश्वर नगरपालिकामा आज एक कार्यक्रममा नेकपा एमाले बाट निर्वाचित भएका जनप्रतिनिधिले नगरपालिका प्रमुख तथा प्रशासकीय प्रमुख संग छलफल गरेका छन।
निर्वाचित भएको ८ महिना बितिसक्दा पनि अस्तब्यस्तताको स्थिति रहेको र जनताले दुख पाउने प्रकारका काम भएकोले बिशेष गरि नगरपालिका प्रमुख ,उप प्रमुख संग अबका दिनहरुमा यस्तो परिस्थिति हुनुहुन्न भनेर छलफलमा सहभागीले ध्यानाकर्षण गराउने प्रयास गरेका थिए।
उनीहरुले गलत ढंग बाट कसैले गलत गरेको छ भने स्पस्ट संग सचेत गराउने र सचेत गराउदा समेत समाधान भएन भने कानुनी रुपमा कारबाही गर्न पर्ने र सम्बन्धित निकायको अनुमति लिएर सम्बन्धित निकायलाई जानकारी गराएर गोकर्णेश्वर नगरपालिकाको बेथितिहरु हटाउन पर्ने बताएका थिए।
उक्त कार्यक्रममा गोकर्णेश्वर नगरपालिका को प्रमुख सन्तोष चालिसे ,उप प्रमुख शान्ति नेपाल ,प्रमुख प्रशासकीय अधिकृत दिपक कोइराला , वडा अध्यक्ष,संसदीय दलका सदस्यहरु उपस्थित भएका थिए।
उक्त कार्यक्रममा गोकर्णेश्वर नगरपलिकाको प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले २३ सदस्यीय संसदीय दल गठन भएको जानकारी गराउदै उक्त संसदीय दलको सचिवालयको लागि आवश्यक कार्यलय ब्यबस्थापन गरिदिनको लागि बिपक्षी संसदीय दलका प्रमुख सचेतक राजु राना मगरलेले गोकर्णेश्वर नगरपालिकालाइ अनुरोध पत्र समेत बुझएको छ ।
उक्त कार्यक्रममा वडा सदस्यहरुको पनि वडा अध्यक्षहरुको जत्तिकै महत्व भएको तर वडामा खासै भूमिका नदेखिएको र आफुहरुले भोगिरहेको समस्याको बारेमा जानकारी गराएका थिए।
सोकार्यक्रममा अनुरोध पत्र बुझ्दै गोकर्णेश्वर नगरपालिका प्रमुख सन्तोष चालिसेले नगरपालिकालाइ सचेत गराएकोमा आयोजकलाइ धन्यबाद दिंदै नगरपालिका सबैको भएकोले सबैलाइ समान ब्यबहार गरेको बताएका थिए।
उनले सबै जना मिलेर गोकर्णेश्वर नगरपालिकालाई नमुना नगरपालिका बनाउन उत्तिकै जिम्मेवार हुनुपर्ने बताएका थिए ।काम गर्दै जाँदा कमी कमजोरी हुने कुरालाई स्वीकार गर्दै त्यस्ता कमि कमजोरीलाइ हटाउदै लानको लागि पनि यस्तो किसिमको कार्यक्रम निरन्तर हुनुपर्ने बताएका थिए ।उनले कामको शिलशिलामा कतै बाट आर्थिक लेनदेनको कुरा आएमा नगरपालिकाले घुस दिने र लिने दुबैलाई कारभाइ गर्ने बताएका थिए
सोहि कार्यक्रममा नगरपालिकाको कार्यसम्पादनको क्रममा आएको गुनासोको बारेमा बोल्दै प्रमुख प्रशासकीय अधिकृत दिपक कोइरालाले जनताको काम छिटो छरितो बनाउनको लागि टोकन प्रणाली लागु गरेको बताए ।
सोहि कार्यक्रममा गोकर्णेश्वर नगरपालिका कि उपप्रमुख शान्ति नेपालले न्यायिक समितिमा उठेका प्रश्न र काम कारबाहीको बारेमा अवगत गराएकी थिइन्। उनले आयोजकलाई धन्यबाद दिदै आगामी दिनमा अघि बढ्न यसले सहयोगी भूमिका खेल्ने बताएकी थिइन ।