राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता सुरु

राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता सुरु

कपन अनलाइन

भीमदत्तनगर, २ माघ । कञ्चनपुरको भीमदत्तनगरमा ‘३९औँ राष्ट्रिय खेलकुद परिषद् ब्याडमिन्टन च्याम्पियनसिप’ प्रतियोगिता मंगलबारदेखि सुरु भएको छ ।

जिल्ला ब्याडमिन्टन संघ कञ्चनपुरको आयोजनामा शुरु भएको प्रतियोगिताको उद्घाटन गर्दै नेपाल ब्याडमिन्टन संघका केन्द्रीय अध्यक्ष रामजीबहादुर श्रेष्ठले अन्तरराष्ट्रिय प्रतियोगितामा समेत पछिल्ला वर्षमा नेपाली खेलाडीले उपाधि जित्न सफल भइरहेको र आगामी दिनमा खेलाडी उत्पादनमा थप पहल गरिने जानकारी दिए ।

‘विभागीय टोलीले खेलका लागि महत्वपूर्ण वातावरण बनाएका छन्’ उनले भने, ‘दक्ष र शैक्षिक योग्यता पुगेका खेलाडीलाई विभागलाई पदोन्नतिमा पनि ध्यान दिन आग्रह गर्छु ।’ समारोहमा ब्याडमिन्टनका पूर्व खेलाडी क्षेत्रज्ञनारायण खत्री र ब्याडमिन्टनका राष्ट्रिय खेलाडी दीपेश धामीलाई सम्मान गरिएको थियो ।

राष्ट्रिय खेलकुद परिषद्को आठ लाख सहयोग र १३ लाख आयोजकले व्यवस्थापन गरेर प्रतियोगिता भएको कञ्चनपुर जिल्ला ब्याडमिन्टन संघका उपाध्यक्ष गोकुल बोहराले जानकारी दिए ।

तपाइँको प्रतिक्रिया ।