जय बहादुर श्रेष्ठले गीत गाउदै सम्झिए ओखलढुंगा

जय बहादुर श्रेष्ठले गीत गाउदै सम्झिए ओखलढुंगा

कपन अनलाइन 

ओखलढुंगा ,माघ २ ।

ओखलढुंगा जिल्लाको सिस्नेरीमा २००२ सालमा बुवा शंखनारायण श्रेष्ठ र आमा मनकुमारी श्रेष्ठको एक्लो सन्तानका रुपमा जन्मिएका जय बहादुर श्रेष्ठ अहिले जिल्ला समन्वय समिति ओखलढुंगाको प्रमुख रहेका छन ।

१३ वर्षको उमेरमा २०१५ शालमा गित र पम्प्लेट लिएर हिड्ने क्रममा आफ्नो राजनीति सुरु गरेका उनि सुनकोशी गाउपालिकाबाट सदस्यमा निर्वाचित भएका छन ।

करिव २१ वर्षको उमेरमा पंचायतको सदस्य बनेका श्रेष्ठले ४ पटक प्रधानपन्च ,एक पटक गाविस अध्यक्ष र एक पटक जिल्ला सदस्यको रुपमा जनताको सेवा गरेका छन ।

कालिका माध्यमिक बिद्यालयको व्यवस्थापन समितिका  अध्यक्ष बनेका उनले नेपाल रेडक्रस सोसाइटीमा बसेर सामाजिक कृयाकलाप मा आफ्नो योगदान दिएका छन ।श्रेष्ठ हाल किसान संघ को केन्द्रीय सदस्य रहेका छन ।

आफ्नो ७३ वर्षको उमेर सम्म धेरै सामाजिक काम गरेको बताउने श्रेष्ठले  काठमाडौको कपनको फैकामा पनि बिष्णु लक्ष्मीको मन्दिर दश एघार लाख खर्च गरेर बनाएका छन भने महांकाल ओरालाको बाटो , फ्रेन्डशिप युवा क्लब तेर्सो बाटो त्यो भन्दा ठाडो बाटो बेख मार्गको बाटो निर्माणमा पनि योगदान दिएका छन ।

अवका दिनमा ओखलढुंगा जिल्लाको विकास र निर्माणमा सकृय रहने बताउने श्रेष्ठले जिल्ला प्रतिको मायालाई गीतमा लय हालेर सुनाएका छन ।

श्रेष्ठले यसरी गीतमा सम्झिए ओखलढुंगा :

सबै मिलि यो ओखलढुंगा

बनाईदिउन फक्रेको फुल थुंगा

सगरमाथा सोलुको काखैमा

ओखलढुंगा त्यै मुनि पाखैमा ।

त्यै पाखामा जन्मेको म पनि

जहा सुते पनि उही देख्छु सपनी

नाल काटेर साल त्यहि गाड्या छ

जन्मिदाको साथीलाई छाड्या  छ

त्यहि साथीको मायामा भुलेर

सपनीमा आइरहन्छु डुलेर  । ।

तपाइँको प्रतिक्रिया ।