प्रचण्डले किन गरे रामेश्वर फुँयालको प्रसंशा ?
कपन अनलाइन
काठमाडौ,माघ २।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले काठमाडौं क्षेत्र नं ३ प्रदेस क्षेत्र २ का प्रदेस सभा सदस्य रामेश्वर फुंयाललाई बधाई दिदै उनको पहल कदमिको लागि प्रसंशा गरेका छन ।
चौथो तारेभिर महोत्सवको उदघाटन गर्दै दाहालले फुंयालले त्यस क्षेत्रको प्रवर्धनका लागि खेलेको भूमिका र उनले गरेको कामका लागि प्रसंशा गर्दै प्रत्येक नयाँ काम गर्दा सुरुमा सबैले प्रश्न उठाउने तर त्यो सफल बन्दै गएपछि त्यसमा सहयोग गर्ने बताएका थिए ।
उनले भौगोलिक रुपमा निकै विकट रहेको काठमाडौको उत्तरी भेग शिवपुरीलाई पर्यटक गन्तव्य बनाउन महोत्सवले ठुलो भूमिका खेलेको भन्दै फुंयालले सुरु गरेको रास्ट्रिय झन्डा राख्ने अभियानको खुलेर प्रसंशा गरेका थिए ।
आँफुलाई निम्ता गर्न आउदा लिएर आएको रास्ट्रिय झन्डा र महोत्सव क्षेत्रमा स्वागत गर्दा दिएको रास्ट्रिय झन्डाले आफ्नो मनमा छाप छोडेको बताउदै दाहालले त्यो झण्डाको गरिमा कायम राख्न आँफु सधै लागेको र अव पनि लाग्ने बताएका थिए ।
यस पटकको महोत्सव माघ १ र २ गरि दुई दिन संचालन हुनेछ ।