प्रथम केब्स सिक्स ए साइड कप फुटबल प्रतियोगिताको उपाधी टाइम्स कलेजको पोल्टामा

प्रथम केब्स सिक्स ए साइड कप फुटबल प्रतियोगिताको उपाधी टाइम्स कलेजको पोल्टामा

कपन अनलाइन 

काठमाडौ,पौष  ३० ।

कुमारी आवसीय माध्यामिक बिद्यालय (केब्स) टुसाल बौद्धले आयोजना गरेको प्रथम केब्स सिक्स ए साइड कप फुटबल प्रतियोगिताको आज भएको फाइनल खेलमा जेम्स कलेजलाइ १-०  गोलले पराजित गर्दै  टाइम्स कलेजले प्रथम केब्स सिक्स ए साइड कप  फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।

आज चाबहिलको गणेशस्थान चौरमा भएको फाइनल खेलमा जेम्स कलेजलाइ  टाइम्स कलेजले ०– १ गोलले अन्तरले पराजित गरेको थियो ।  उक्त खेलको तेस्रो मिनेटमा नै  टाइम्स कलेजका जर्सी नं ७ का खेलाडी अनिश कार्कीले आफ्नो टिमलाई गोल गर्न सफल भएका थिए । प्रतियोगिता अवधिभर यो नै निर्णायक गोल बनेको थियो ।

फाइनल खेलका प्रमुख अतिथि गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसे रहेका थिए।  बिसेष अतिथिहरुमा पूर्व जिविस उपसभापति माधब खनाल, मंजु श्री बचत तथा ऋण सहकारी संस्थाका महाप्रबन्धक साम्देन लामा  र आइ सी एफ सी फाइनान्सका संजय थपलिया रहेका थिए भने अतिथिहरुमा चामुण्डा इन्सिच्युटका दिपक रायमाझी ,लर्ड बुद्द इन्सिच्युटका बिधान लिम्बु ,लायन्स क्लब एभरेष्ट सनसाइनका कृष्ण घिमिरे र भीमसेन बस्नेत  त्यसै गरि बौद्ध फुटबल क्लबका अध्यक्ष धरमवीर लामा,कुमारी कलेजका संस्थापकहरु ,पारसमणि पौडेल ,रामचन्द्र सिग्देल सहायक प्रिन्सिपल सुरेश भट्टराई, एक्जाम कोर्ड़ीनेटर दिवाकर चालिसे ,अखिल नेपाल फुटबल संघ काठमान्डौका सदस्य अजब श्रेष्ठ ,पाइथागोरस इन्सिच्युटका मोतिलाल तामांङ, लाइट एकेडेमीका निलकण्ठ ढुंगाना र अमित मान श्रेष्ठ लगायत सहभागी टिमका प्रतिनिधि, खेलाडी सहित खेलप्रेमी दर्शकहरुको बाक्लो उपस्थिति रहेको थियो ।

उक्त कार्यक्रमलाइ सम्बोधन गर्दै गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसेले कलेजमा शिक्षा संग संगै अतिरिक्त क्रियाकलापको  पनि महत्व पूर्ण भूमिका रहने हुँदा गोकर्णेश्वर नगरपालिका खेलकुदका जुन सुकै कार्यक्रमलाई सहयोग गर्न तत्पर रहेको बताएका थिए।उनले  बिजेता ,उपबेजिता  र तेस्रो स्थान हासिल गर्ने टिमलाई शुभकामना दिदै पुरस्कार वितरण गरेका थिए।

प्रथम केब्स सिक्स ए साइड कप  फुटबल प्रतियोगिताको बिजेता टाइम्स कलेजले  नगद रु २५ हजार सहित ट्रफी ,मेडल सहित प्रमाण पत्र प्राप्त गरेको छ  ।दोस्रो हुने जेम्स कलेज धापाखेलले नगद रु १५ हाजर सहित ट्रफी मेडल र प्रमाण पत्र प्राप्त गरेको थिए भने तेस्रो स्थान प्राप्त गर्ने आइडीयल कलेजले ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गरका छन् ।

यस प्रतियोगितामा बेस्ट गोल रक्षक टाइम्स कलेजका सन्तोष महत , बेस्ट डिफेन्डर आइडीयल कलेजका सागर तामांङ, बेस्ट  मिड फिल्डर  जेम्स कलेजका भुपेनराज खाती ,त्यस्तै गरि बेस्ट स्ट्राइकर टाइम्स कलेजका अनिश कार्की घोषित भएका थिए ।

आजै तेस्रो स्थानका लागि भएको खेलमा आईडीयल कलेजले विट्स कलेजलाई ३ -१ गोलले पराजित गरेको थियो ।उक्त खेलमा आइडीयलका तर्फ बाट सागर थापा ,युजिन लामा र अमित लामा ले एक एक गोल गरेका थिए भने विट्स का तर्फ बाट एक  मात्र गोल केलसांग लामा ले गरेका थिए ।

उक्त पुरस्कार समारोहमा प्रतियोगिता सफल बनाउन सहयोग गर्ने अफिसियल, रेफ्री ,सहभागी कलेज र मिडिया पार्टनर लगायतलाई कलेजको तर्फ बाट मायाको चिनो वितरण गरिएको थियो ।

पौष २६ गते बाट पौष ३० गते सम्म  संचालन भएको प्रथम केब्स सिक्स ए साइड कप  फुटबल प्रतियोगितामा खेलाडी र अफिसियल लाइ लायन्स क्लब एभेरेस्ट सनसाइनले पानी तथा जुस  सौजन्य गरेको थियो ।

यस प्रतियोगिताको मुख्य प्रायोजक गोकर्णेश्वर नगरपालिका, बैकिंग पार्टनर आइ सी एफ सी फाइनान्स रहेका थिए भने मिडिया पार्टनरको रुपमा अनलाइन खबर, कपन अनलाइन, हाम्रो अनलाइन न्युज,जनता पोस्ट,आशाका किरण,गोकर्णेश्वर अनलाइन ,हाम्रो खेलकुद अनलाइन लगायत रहेका थिए ।

प्रथम केब्स सिक्स ए साइड कप  फुटबल प्रतियोगिताको फाइनल खेलको  सभापति रहेका कुमारी आवासीय माध्यामिक बिद्यालय (केब्स) टुसाल बौद्धका प्रिन्सिपल मनोज भट्टराईले यस प्रतियोगिता सफल बनाउन सहयोग गर्ने सबैलाई कलेजको तर्फ बाट धन्यबाद दिएका थिए ।

कार्यक्रममा  केब्स कलेजका हेमन्त पराजुलीले  स्वागत मन्तब्य  राखेका थिए भने कार्यक्रमको संचालन कार्यक्रमका संयोजक शम्भु कार्कीले गरेका थिए ।

तपाइँको प्रतिक्रिया ।