सुन्दर खेल फुटबल

सुन्दर खेल फुटबल

कपन अनलाइन

काठमाडौ,पौष ३० /सुवाष न्यौपाने

फुटबल एक सुन्दर खेल हो।यो खेल विश्वले नै रूचाएको, करिव ४ विलियन फ्यानहरू रहेको र सबै भन्दा धेरै मुलुकहरूमा खेलिने खेल हो।

यस खेलले विश्वका कुना कुनामा रहेका मानिसहरूलाई एकताको शुत्रमा बाध्ने काम गरेको छ। तर अहिलेको तितो सत्य के पनि हो भने फुटबलका समथ॔कहरू विभिन्न कुरामा विभाजित हुन थालेका छन्। फुटबल खेल अहिले केही हद सम्म दुई भागमा विभाजित छ।

एकातिर मेस्सीलाई फुटबलको जादुगर मान्नेको जमात छ भने अको॔ तफ॔ रोनाल्डोलाई गोल मसिनको रूपमा माया गने॔को समूह छ। सत्य यही हो, दुवैजना यो समयका फुटबलका सबैभन्दा उच्चत्तम कोटिका खेलाडी हुन्।

हामी फ्यानहरू भने यी दुईको जादुमयी खेलमा रमाउन छोडेर एक अका॔लाई गाली गलौच गने॔; विपक्षी खेलाडीहरूको खिल्ली उडाउने; विभिन्न नामहरू राख्ने र सामाजिक सन्जालमा अनेक नराम्रा र नसुहाउदा स्टाटस् राख्ने काय॔लाई अगाडी बढाई रहेका छौ।

हामीले बिस॔नु हुन्न, मेस्सी र रोनाल्डोको खेल आजिवन चलिरहदैन। मलाई लाग्छ कुनै पनि खेलाडीलाई आफ्नो गुरू, प्रेरणाको स्रोत अथवा भनौ भगवान मानेर पुज्नु राम्रो हो। तर अरूको मान्यता र सोचलाई नराम्रो र अभद्र तरिकाले व्यङ्ग्य गनु॔ उचित होइन।

कुनै पनि समथ॔कले खेलाडीको अनुचित र असभ्य ढङ्गले व्यख्या वा विश्लेषण गनु॔ भनेको फुटबल को हार हो। फुटबल खेलाडीको खेलको समयमा अथवा पुरै प्रतियोगीताको दौरान सधैँ राम्रो लय मात्र हुन्छ भन्ने ठान्नु गलत हो।

खेलमा लय नभएको समयमा खेलाडीको मनोवल घट्न नदिन र उच्च लय कायम राखि रहन फुटबल समथ॔कहरूले पहिला त्यस खेलाडीको खेल कौसलको प्रशंसा गदै॔ सभ्य तरिकाले खेलाडीमा हराउदै गएको लयको बारेमा चचा॔ गनु॔पद॔छ।

यसले सुन्दर तरिकाले खेल र खेलाडीको विश्लेषण गने॔ बानीको विकासमा सहयोग पुर्याउदछ। फुटबललाई माया गने॔ हो भने रोनाल्डो र मेस्सी अनि अन्य खेलाडीहरूको खेलको तारिफ गन॔ सक्नुपद॔छ।

आफ्नो मनपने॔ खेलाडीको र खेल्ने शैलीको धेरै भन्दा धेरै प्रशंसा गन॔ जायज छ साथै अन्य खेलाडी र समथ॔कको पनि सहि कुरा स्वीकार गनु॔पद॔छ। अनि मात्र यो सुन्दर खेल अझ सुन्दर बन्नेछ ।

तपाइँको प्रतिक्रिया ।