गोकर्णेश्वर नगरपालिकामा  बजार व्यवस्थापन, अनुगमन तथा जागरण प्रशिक्षण सम्पन्न

गोकर्णेश्वर नगरपालिकामा  बजार व्यवस्थापन, अनुगमन तथा जागरण प्रशिक्षण सम्पन्न

कपन अनलाइन

काठमाडौ,पौष २८ ।

आपूर्ती मन्त्रालयको आयोजना र गोकर्णेश्वर नगरपालिकाको सहकार्यमा  बजार व्यवस्थापन, अनुगमन तथा जागरण सम्बन्धि अन्तरक्रिया तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

उक्त कार्यक्रमको प्रमुख अतिथि नेपाल सरकार आपूर्ति मन्त्रालयका सचिव अनिल कुमार ठाकुर रहेका थिए भने विशेष अतिथि गोकर्णेश्वर नगरपालिका की उप प्रमुख शान्ति नेपाल  रहेकी थिइन।

त्यस्तै गरि अतिथिहरुमा गोकर्णेश्वर नगरपालिकाका प्राशासकीय अधिकृत दिपक कोइराला ,लगायत गोकर्णेश्वर  नगरपालिकाका वडा अध्यक्षहरु ,वडा सदस्यहरु बिभिन्न संघ सस्थाका प्रतिनिधिहरुको उपस्तिथी रहेको थियो । उक्त कार्यक्रमको सभाध्यक्षता गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसे रहेका थिए ।

कार्यक्रममा बोल्दै आपूर्ति मन्त्रालयका सचिव अनिल कुमार ठाकुरले नेपालमा केन्द्रिय तह देखि स्थानीय तह सम्म उपभोक्त सम्बन्धि नीति, हक, अधिकार तथा संरक्षण कार्यन्वयन गर्न स्थानीय सरकारलाई नै भएको कुरा बताएका थिए

।   सभाध्यक्षको आसन बाट बोल्दै गोकर्णेश्वर नगरपालिकाका प्रमुख  सन्तोष चालिसेले संघिय नेपाल स्थानिय सरकार संचालन ऐन २०७४ ले उपभोक्ता र उपभोक्ताका  अधिकार, उत्पादक र उपभोक्ताको कर्तव्य र अधिकार हनन् हुदाँ पाउने उपचार सम्बन्धित स्थानीय सरकारलाई जिम्मेवारी दिएको बताउदै  उनले स्थानीय उपभोक्ताहरुको हित र अधिकारका लागी छुट्टै समिति गठन हुने जानकारी गराएका थिए साथै उनले स्थानीय सरकारलाई शिक्षा,स्वास्थ्य,संचार, विकास निर्माण गर्ने अधिकार भएता पनि आर्थिक र योग्य जनशक्तिको अभावले नगरस्तरीय  सामाजिक विकास योजना कार्यन्वयन गर्न कठिन भएको जानकारी गराएका थिए ।

उनले अव स्थानीय  सरकारले नै बजार व्यवस्थापन, अनुगमन तथा सहजिकरण गर्दै उपभोक्तालाई सुरक्षा, सुचना, छनोट, प्रतिनीधित्व, सुनुवाई तथा क्षतिपूर्ति र उपभोक्ता शिक्षा अधिकार दिने जानकारी दिएका थिए ।

फोटो सौजन्य : बिकास चालिसे

तपाइँको प्रतिक्रिया ।