प्रथम केब्स सिक्स ए साइड कप फुटबल प्रतियोगितामा आयोजक(केब्स)”ए’  बिजयी

प्रथम केब्स सिक्स ए साइड कप फुटबल प्रतियोगितामा आयोजक(केब्स)”ए’  बिजयी

कपन अनलाइन

काठमाडौ,पौष २७।

कुमारी आवसीय माध्यामिक बिद्यालय (केब्स) टुसाल बौद्धले आयोजना गरेको प्रथम केब्स सिक्स ए साइड कप  फुटबल प्रतियोगिताको आजको  खेलमा  कुमारी आवासीय बिधालय (केब्स)”ए’  बिजयी भएको छ ।

आज चाबहिलको गणेशस्थानचौरमा भएको खेलमा (केब्स)”ए’ ले जया देवकोटा कलेजलाई १-० गोलले पराजित गरेको  हो। निर्धारित ४० मिनेटको खेलको पहिलो हाफमा दुवै टिमबाट गोल हुन सकेन तर खेलको दोस्रो हाफमा  (केब्स)”ए’ का खेलाडी विवेकआलेमगरले गोल गर्दै  केब्सलाई बिजयी बनाए । उक्त खेलको म्यान अफ द म्याच पनि विवेकआलेमगर नै  घोषित भएका थिए । म्यान अफ द म्याचको पुरस्कार (केब्स) कलेजका प्रिन्सिपल मनोज भट्टराईले   वितरण गरेका थिए।

आजको अन्य  खेलहरुमा आइडियल कलेज “ए” चाबहिलले  रोयल्टी कलेज”बि”लाई  ३-१ गोलले पराजीत गरेको छ। त्यसै गरी टाइम्स कलेजले केयु सिटी कलेज”बि”चाबहिललाई पेनाल्टी शुट आउटमा ३-१ गोलले र कोलम्बस कलेज बानेश्वरलाई विट्स कलेजले २ -० गोलले पराजित गरेको छ।

भोलिको खेलहरु इष्ट पोल र आइडियल कलेज “ए”,टाइम्स कलेज र आइडियल कलेज”बि”,केयु सिटी कलेज “ए” र विट्स कलेजका साथै (केब्स)”ए’ टुसाल बौद्ध र जेम्स कलेज ललितपुर बिच हुने आयोजक शम्भु कार्कीले जानकारी दिएका छन् ।

तपाइँको प्रतिक्रिया ।