उपमहानगरले नै बाँड्न थाल्यो ज्येष्ठ नागरिक परिचय पत्र
कपन अनलाइन
घोराही, २४ पुस । घोराही उपमहानगरपालिकाले नगर क्षेत्रका ‘ज्येष्ठ नागरिकहरुलाई परिचय पत्र दिन थालेको छ । यस अघि महिला तथा बालबालिका कार्यालयबाट बितरण हुदै आएको ज्येष्ठ नागरिक परिचय पत्र उपमहानगरले आफै बितरण गर्न थालेको हो ।
नगर कार्यपालिकाको बैठकबाट निर्णय भए बमोजिम ६० बर्ष माथीका ज्येष्ठ नागरिकहरुलाई परिचय पत्र प्रदान भैरहेको उपमहानगरको महिला तथा बालबालिका शाखा प्रमुख मोतीकुमारी बिश्वकर्माले जानकारी दिइन् ।
करिब एक महिना देखी सुरु गरिएको परिचय पत्र बितरणका क्रममा ४ सय ५० जनाले पाएका छन् । ज्येष्ठ नागरिकहरुलाई राज्यले दिएको सम्मानकारुपमा परिचय पत्रलाई लिनु पर्ने र ७० बर्ष देखी माथिका ज्येष्ठ नागरिकहरुलाई सामाजिक सुरक्षा भत्तासँगै स्वास्थ्य उपचार र यातायातमा छुटको समेत व्यवस्था गरिएको छ ।
तपाइँको प्रतिक्रिया ।