स्थानीय सरकार प्रदेश सभा सदस्य अनि पानी

स्थानीय सरकार प्रदेश सभा सदस्य अनि पानी

कपन अनलाइन 

काठमाडौ,पौष २३ /बिजेन्द्र पुडासैनी

अलि समय अगाडी केहि बिशेष ब्यक्तिहरुको सामाजिक संजाल पानी मय रहेको देखियो | यही अनलाईनको समाचारलाई मान्दा स्थानीय निकायका प्रतिनिधि र प्रदेश सभाका प्रतिनिधि पानीको समस्या समाधानको लागी जंगल गएर निरिक्षण् गरेको र अब छु मन्तर गर्दै नयाँ पानीको श्रोत को बरदान इन्द्रजी ले दिने झैँ देखिएको थियो | यो भन्दा अगाडी पनि पात्ले छाँगो भन्ने पानीको हौवा कता पुग्यो त्यो कुनै दिन थाहा नै हुने छ |

बुढानिलकण्ठ नगरपालिका वडा न ५ को पानीको समस्या निराकण गर्न उक्त अबलोकन भएकोमा अरु खुशी भए पनि यो दुखि आत्मा भने खुशी छैन खुशी किन छैन भने पानीको समस्या बु.न.पा ५ को समाधान गर्नी होइन बु.न.पा ५ भित्र रहेका ८ वटा भन्दा बडी उपभोक्ता समितीले पानी उपभोगको नाममा गरेको सिण्डिकेटको कारण कोइ खुशी छैन ।बुढानिलकण्ठ नगरपालिका वडा न ५ सबै क्षेत्रफलको  हिसाबमा सबै भन्दा ठुलो वडा हो |

राई मगर तामांग बाहुन ठकुरी नेवार दलित सबै जात जति यो वडामा छन अनि यो वडाको धेरै भूभाग शिवपुरी नागार्जुन राष्ट्रिय निकुन्ज संग जोडिएको हुदाँ स्वोभाभिक् रुपमा अन्य स्थानमा भन्दा धेरै प्राकृतिक सम्पदा यो वडामा रहेको छ | अब यो सम्पदाको संरक्षण  र सम्बर्धनगर्दै जान नसकेको कारण पानी माथिको ब्यापार र यो सिन्डिकेट कसले तोड्ने त्यो हेर्न बाकी छ सबै भन्दा पहिले यहाँ रहेको ती तमाम खाने पानी उपभोक्ता समितीहरुको सिण्डिकेटको पर्खाल माथि बसेर एक दृश्य नहेरी केहि बुझिन तसर्थ आउनुस संगै पर्खाल उक्लौ |

सबै भन्दा पहिले त् उपभोक्ता समितीको नियम बमोजिम कम्तिमा ६० हजार रुपयाँ बुझाउनुपर्ने देखिन्छ त्यस पश्चात धारा जडानको साइत कुर्नु पर्ने देखिन्छ तत् पश्चात पानीको प्रबाह पछी मासिक सुल्क मिटर बमोजिम भुक्तान गर्नु पर्ने देखिन्छ | यो सबै हुदा यथार्थ थाहा हुदा हुदै अब हामी काम गर्छौ नयाँ पानीको मुहान खोज्छौ भन्दै जंगल यात्रा गरेको हो र भगवान इन्द्र साथ् छन् भने त् मेरो भन्नु केहि छैन तर म के  भन्छु  भने यो जंगल घुमेर काम देखाउने हाईकिंग मनाउने भन्दा पनि बु.न पा ५ मा रहेका सबै खाने पानी उपभोक्ता समुहका पदाधिकारीहरु बोलाएर स्थानीय स्वायत सासन ऐन ले भनेको कुरा बमोजिम जाने छौ भन्न सक्नु भएको भए सबै खुशी हुने थिए कि ?

तपाइँको प्रतिक्रिया ।