बुनपा २ चपली बम विस्फोट अभियोगमा पक्राउ परेका अभियुक्त धरौटीमा रिहा

बुनपा २ चपली बम विस्फोट अभियोगमा पक्राउ परेका अभियुक्त धरौटीमा रिहा

कपन अनलाइन 

काठमाडौ,पौष २२।

बुढानिलकण्ठ नगरपालिका वडा नं २ महादेव कोलिनिमा बम बिस्फोटन गरेको अभियोगमा पक्राउ परेका मध्ये तीनजनालाई जिल्ला प्रशासन कार्यालय काठमाडौंले धरौटीमा रिहा गरेको छ ।

महेश नेपाली, विग्रेस लामा र रोशन विष्टलाई ६० हजार रुपैयाँका दरले धरौटी रकम लिएर प्रशासन कार्यालयले शुक्रबार रिहा गरेको हो ।

कार्यालयले दुई जनालाई भने पुर्पक्षका लागि थुनामा राखेको छ । रवि गोले र विचारमान तामाङलाई पुर्पक्षका लागि थुनामा राख्न निर्देशन दिएको जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनाएको छ ।

उनीहरु सवैलाई प्रशासन कार्यालयले ज्यान मार्ने उद्योगसम्वन्धी मुद्दा लगाइएको थियो ।

घटना लगत्तै पक्राउ परेका मध्ये ६ जनाविरुद्ध तत्काल जिल्ला अदालत काठमाडौंमा विस्फोटक पदार्थको प्रयोग तथा ओसारपसार सम्बन्धी मुद्दा दायर भएको थियो । उनीहरुलाई अदालतले बुधबार दश हजार रुपैयाको दरले धरौटी लिएर रिहा गरेको थियो ।

अदालतले रिहा गरेलगत्तै प्रहरीले पक्राउ गरेर उनीहरुलाई जिल्ला प्रशासन कार्यालयमा बुझाएको थियो ।

सो बिस्फोटमा घाईते भएकाहरुको अझै उपचार भैरहेको छ । घाइतेहरु मध्ये गम्भीर चोट लागेका राजकाजी श्रेष्ठ र रेणु बरुवाल अहिले पनि नियमित चिकित्सक को निरीक्षण र सल्लाहमा रहेका छन। नेपाली कांग्रेसको निर्वाचन प्रचार प्रसार भै रहदा उक्त विस्फोट भएको थियो ।

 

तपाइँको प्रतिक्रिया ।