बृद्दहरुलाई खाधान्न सहयोग गर्दै गोकर्णेश्वर युवा उपकार क्लबले २८ औ बार्षिक उत्सब मनायो
कपन अनलाइन
काठमाडौँ,पौष २१ ।
गोकर्णेश्वर नगरपालिका वडा नं ४ मा रहेको गोकर्णेश्वर युवा उपकार क्लबले आफ्नो २८ औ बार्षिक उत्सबको उपलक्ष्यमा चियापान एबम शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गरेको छ ।
आज बिहान आफ्नै क्लबको भवनमा आयोजित उक्त कार्यक्रमको सभाध्यक्षता गोकर्णेश्वर युवा उपकार क्लबका अध्यक्ष बिजय कर्माचार्यले गरेका थिए भने अतिथिहरुमा गोकर्णेश्वर नगरपालिका वडा नं ४ का वडा अध्यक्ष एबम गोकर्णेश्वर युवा उपकार क्लबका सल्लाहकार श्री कुमार श्रेष्ठ ,काठमाडौँ जिल्ला प्याब्सन अध्यक्ष एबम गोकर्णेश्वर युवा उपकार क्लबका सल्लाहकार हरि कृष्ण श्रेष्ठ , गोबिन्द बहादुर श्रेष्ठ क्लबका कोषाध्यक्ष कृष्ण प्रसाद श्रेष्ठ ,सल्लाहकार राजकृष्ण श्रेष्ठ लगायत क्लबका आजीवन सदस्य अन्य पदाधिकारीहरु उपस्थित रहेका थिए । उक्त कार्यक्रममा सदस्य भएका श्रीधर पौडेललाई समेत स्वागत गरिएको थियो ।
उक्त कार्यक्रम मा बोल्दै गोकर्णेश्वर युवा उपकार क्लबका सल्लाहकार राज कृष्ण श्रेष्ठले सबैलाई शुभकामना दिदै अझ जिम्मेवार र सक्रियपुर्बक सामजिक काममा लाग्नुपर्ने बताएका थिए ।
सोहि कार्यक्रममा बोल्दै काठमाडौँ जिल्ला प्याब्सन अध्यक्ष एबम क्लवका सल्लाहकार हरिकृष्ण श्रेष्ठले क्लबले २०४६ साल पौष २१ गते बाट सुरु भएको आफ्नो २८ बर्ष पार गरेर २९ बर्षमा प्रवेश गरेको अवसरमा क्लबको उन्नति प्रगति चाहने समाजको भलाइ चहाने र आमुल रुपमा समाजको परिबर्तनको लागि विभिन्न काल खण्डमा नेतृत्व गर्ने सबैलाई हार्दिक बधाई का साथ् उच्च सम्मान ब्यक्त गरेका थिए ।साथै उनले अहिले भएको कार्यसमितिले अझै बहु आयामिक ढंगले काम गर्न सकोस भन्दै शुभकामान समेत दिएका थिए।
मंगल दाश श्रेष्ठको नेतृत्वमा स्थापना भएको क्लब अहिले बिजय कार्मचार्यको नेतृत्वमा आउदा सम्म धेरै उतारचढाब आरोह अबरोह पार गदै आएको बताएका थिए। उनले सबैलाई आगामी दिनमा अझ सक्रियता पुर्वक लाग्न शुभकामना दिएका थिए ।
कार्यक्रममा बोल्दै गोकर्णेश्वर नगरपालिका वडा नं ४ का वडा अध्यक्ष एबम गोकर्णेश्वर युवा उपकार क्लबका सल्लाहकार श्री कुमार श्रेष्ठले क्लबको सफलताको कामना गर्दै क्लब ले २८ बसन्त पार गर्नु सबैको गौरबको बिषय भएको बताएका थिए।
यस स्थानमा २०४६ साल देखि निरन्तर लागेर धेरै कार्यक्रम गरेको र अझै पनि गर्नु पर्ने धेरै कामहरु बाँकी रहेको र जनचेतना जगाउने जस्ता कार्यक्रम गर्नु पर्ने देखिएको बताए। उनले सकारात्मक सोच सहित सबैले आफ्नो आफ्नो ठाउ बाट सहयोग गर्नुपर्ने बताएका थिए ।
सभाध्यक्षको आसन बाट बोल्दै गोकर्णेश्वर युवा उपकार क्लबका अध्यक्ष बिजय कर्माचार्यले क्लब २८ वर्ष पुरा गरि २९ औ बर्षमा प्रवेश गरेकोमा सबैलाई सुभकामना दिदै स्थापना गर्दा जे जस्तो कठिनाइ भए पनि आज सायद त्यो कठिनाइ नरहेको बताए ।
उनले सहयोग गर्ने सदस्य र सुभचिन्तक सबैलाई धन्यबाद दिएका थिए । उनले क्लबका पुर्व अध्यक्ष एबम सस्थापक मंगलदाश श्रेष्ठलाइ समेत बिशेष धन्यबाद दिंदै उहाको पहलमा स्थापित भएको क्लब आजको दिन सम्म आउदा उहाले अमेरिका बाट समेत समय समयमा सुझाब सहयोग दिंदै आइको र आगामी दिनमा समेत त्यस्तै सुझाब र सहयोगको अपेक्षा गरेको बताएका थिए ।
उनले कार्यक्रममा क्लबले गरेका गतिविधिको बारेमापनि संक्षिप्त रुपमा बताएका थिए । कार्यक्रम संचालन गोकर्णेश्वर युवा उपकार क्लबका सचिब कमल परियारले गरेका थिए ।
गोकर्णेश्वर युवा उपकार क्लब ले आफ्नो २८औ वर्ष पार गरेर २९ बर्षमा प्रबेश गरेको उपलक्ष्यमा केक काटेर स्थापना दिवस मनाउदै गोकर्णेश्वर नगरपालिका वडा नं ४ उत्तरबाहिनी नारायण डोलमा रहेको गोकर्णेश्वर उत्तरगया आत्म साधना आश्रममा रहका बृद्दहरुलाई खाधान्न सहयोग गरेको थियो ।