लुहार दम्पती सुतैकै ठाउँमा घाटी रेटेर बेहोस अवस्थामा भेटिए
कपन अनलाइन
काठमाडौ,पौष २१ ।
बेदकोट नगरपालिका वार्ड न ४ बैतडा सार्की पार्की टोलमा हिजो राती अपांगता भएका गोबिन्द लुहार ४० बर्षका र उनको श्रीमती सरस्वती लुहार दम्पती घरमा सुतैकै अवस्थामा घाटी रेटेर बेहोस अवस्थामा भेटिएको छ । उनीहरुलाई उपचारका लागि महाकाली अञ्चल अस्पतालमा लगिएकोमा महाकाली अञ्चल अस्पतालले त्यहाँ उपचार सम्भब नभए पछि थप उपचारका लागि रिफर गरेको छ ।
बेदकोट नगरपालिकाले असाहय लुहार दम्पतीलाई उपचारका लागि आकस्मिक रु.१५००० छिमेकी हरि लुहारलाई सहयोग प्रदान गरी थप उपचार गर्न धनगढी वा कोहलपुर पठाएको छ। लुहार दम्पतिको अपराधीक घटनाको सत्य तथ्य छानबिन गर्ने र अपराधीलाई कडा कारवाही गर्ने स्थानीयवासीले प्रहरीसंग माग गरेका छन् ।
तपाइँको प्रतिक्रिया ।