बुढानिलकण्ठको भविष्य,मेयरको कार्यालय र प्रतिपक्ष

बुढानिलकण्ठको भविष्य,मेयरको कार्यालय र प्रतिपक्ष

कपन अनलाइन

काठमाडौ,पौष २०/विचार /बद्री भट्टराई 

संघिय नेपालको संरचना तय भएपश्चात सम्पन्न पहिलो स्थानीय तहको निर्वाचन सम्पन्न भएको करिब ८ महिना भएको छ । अस्तव्यस्त स्थानीय निकाएको संरचना आर्थिक नियमावली विनाको संरचना र स्पष्ट निति विना घोषणा भएका र घोषणा गरिएका (२०७१ मंगसिर  १६ गते ) नगरपालिकाहरुमा नवनिर्वाचित प्रतिनिधीहरु प्रवेश गरेसंगै स्थानीय जनताहरुको इच्छा र चाहानहरु पनि मेट्रो सरह दोडिरहेका छन । जनताको इच्छा, चहाना र जनसरोकारका विषयमा कार्यगर्ने पद्धति र प्रक्रिया भने गोरखपुर रेल झै भएको देखिन्छ ।

देशमा घोषणा भएका स्थानीय निकाएहरुका विचमा बुढानिलकण्ठ नगरपालिका जनघनत्वको दृष्टिले ठुला नगरपालिकाको रुपमा परिचित भएको छ । करिब १ लाख १० हजार जनसंख्या रहेको नगरपालिका भित्र २७०० घरधुरी परिवार रहेको छन । औसत रुपमा हेर्दा यस नगरपालिका देशका केहि ठुला नगरपालिकाको क्रमसंख्यामा पहिलो , दोस्रो वा तेस्रो भित्र पर्दछ । प्राकृतिक स्रोत सम्पदा, र धार्मिक दृष्टिकोणले यो पवित्र तिर्थस्थलको रुपमा पनि चिनिने गरिएको छ ।

यो मनोरम नगरपालिकाको स्रोत सम्पदाको परिचालनको नेतृत्व गरेका वडा अध्यक्ष र मेयर तथा उपमेयरको चासो  समृद्ध नगरपालिका बनाउने नै हो भन्ने विषयमा शंका गर्नु पर्ने छैन ।

नगरभित्रका मतदाताहरुले सोहि अनुरुप नगरपालिकाको नेतृत्व गर्ने जिम्मा नेकपा एमालेको उम्मेदवारहरुलाई दिएका हुन । १ लाख १० हजार जनसंख्याको प्रत्यक्ष नेतृत्वकर्ता का रुपमा रहेका स्थानीय तहमा निर्वाचित ७० जना जनप्रतिनिधीहरुले नगरपालिकाको प्रशासनको जिम्मेवारी लिएका छन ।

आ.व.२०७२÷७३ तथा ७३÷०७४ मा औसत २६ करोडको बजेट मार्फत सञ्चालन भएको नगरपालिका आ.व. २०७४÷७५ मा ३५ करोडले बृद्धि भएको थियो ।स्थानीय तहको निर्वाचन पश्चात स्थानीय सरकारका रुपमा बुढानिलकण्ठ नगरपालिकाले ७३ करोड ४३ लाख ३० हजार बजेट नगरपरिषद बाट पारित भएको छ । स्थानीय निकाएले प्राप्त गर्ने अनुदान, विषयगत कार्यालय सञ्चालनको लागि विनियोजित रकमका आधारमा बजेटको रकम बृद्धि भएको हो ।

कुल बजेटको करिब २५ प्रतिशत रकम प्रशासैनिक कार्य तर्फ (तलब भत्ता, कार्यालय सञ्चालन, अन्य) १९ करोड रुपैया खर्च हुने देखिन्छ । ५४ करोड मा यस नगरपालिकाको समग्र योजना निर्माण र कार्यान्वयन सहज विषय पक्का पनि होइन ।

असहजतामा समेत सहजताका साथ कार्य गर्ने प्रतिवद्धता सहित अधिकांश वडा तथा नगर प्रमुख र उपप्रमुख पदमा नेकपा एमालेबाट उम्मेदवार रहेका नगरवासीहरु निर्वाचिन हुनुभएको छ । जनसंख्या, समुदाय, भुगोल र प्राकृतिक स्रोत तथा साधानका आधारमा भन्ने हो भने ७० जना जनप्रतिनिधीहरुको प्रयासमा मात्र नगरपालिकाको समृद्ध भविष्य निर्माण सम्भव छैन ।

यो आजको यर्थाथ मात्र होइन भोलीको प्रक्षेपण पनि हो । यस अवस्थाको ज्ञानवोध नगरपालिका नगर प्रमुखलाई समेत रहेको छ । नगर प्रमुख भनुँ वा बुढानिलकण्ठ नगर कार्यपालिकाको कार्यालय भनुँ समग्र नगरवासीको अभिभावक हुन यति मात्र होइन नगरको रथ हाक्ने सारथी पनि हुन ।

वडा अध्यक्ष र जनप्रतिनिधीहरु उक्त रथका पाङग्रा हुन अनि लडाकु पनि , नगरप्रमुख उद्धव खरेलले हाक्ने रथमा केबल केहि पार्टी, केहि व्यक्ति अनि केहि सम्पदा होइन समग्र नगरपालिकाको सपना र भविष्यहरुको बोकिएका छन । यो रथ सहि ठाँउमा पुग्न सकेन वा पु¥याउन सकिएन भने केबल उद्धव खरेल योद्धाका रुपमा युद्ध मात्र हारदैनन समग्र नगरवासीले पनि हारको अनुभुति गर्नेछन ।
निर्वाचन परिणाम बाट हौसियका नेकपा एमालेका आस्थावान कार्यक्रता , पार्टी हेडक्वाटर तथा निर्वाचित जनप्रतिनिधीहरुले रथमा बोकिएका सपना र सम्पतिको सहि मुल्याङ्घकन गर्न सकेकाछन त ? नगरपालिकाको रथलाई सुरक्षित अवतरण र सफल अवतरण गराउन उनिहरुले गरिरहेको प्रयत्न सहि छ त ? रथका वरपर उनिहरुले युद्धमोर्चामा जानका लागि रातो झण्डा बोक्नेलाई मात्र स्थान दिइरहेका छन वा युद्धकलामा निपूर्णहरुलाई पनि अवसर दिइरहेका छन , उनिहरु समग्र सिपाहीहरुको नेतृत्व गरिरहेका छन वा एकाध सिपाहीहरुको यो विषय महत्वपूर्ण रहेको छ । यसको जावफ भन्दा पनि आत्मा मुल्याङ्घकन जरुरी रहेको छ । यस तर्फ सजग रहेर कार्य गर्ने सके रथको एउटा पाङग्राको भुमिका पुर्ण रुपमा सफल हुनेछ ।
नगरप्रमुख उद्धव खरेलले हाँकिरहेको रथमा समग्र नगरपालिको सपना, वर्तमान र भविष्य छ भन्ने थाहा भएपछि जिम्मेवार राजनैतिक दलका रुपमा रहेको नेपाली काँग्रेस र अन्यदलका नेता तथा कार्यक्रताहरु रथको यात्रामा सहभागी हुने कि नहुने कसरी हुने वा किन नहुने यो प्रश्न पनि आफैमा जटिल रहेको छ ।

एकाध मतान्तरमा रथ हाँक्ने नेताको चयन भएको इतिहास हामी सबैलाई थाहा छ । वडा स्तरदेखीको परिणामा पनि सोहि अनुरुप रहेको छ । तर्सथ प्रथम पटक बुढानिलकण्ठको नगरपालिकाको सपना सकारात्म राजनैतिक परिर्वतन, रचनात्मक प्रतिपक्ष, क्रियाशिल नागरीकहरुको बौद्धिक चेतना र जुझारु युवाहरुले वर्तमान समयमा नगरपालिकालाई आफ्नो घर र नगरप्रमुख सहितका जनप्रतिनिधीहरुलाई अभिभावकका रुपमा राखेर सहयोग, सल्लाह तथा सुझाव र सहकार्यका लागि सकेको सहयोग गर्नुपर्ने दायित्व हुने छ ।
नेपाली काँग्रेस र अन्य पार्टीहरुका अनुभवी र पाका नेताहरुले पनि नगरको भविष्यलाई बलियो बनाउने तर्फ लाग्नु नै न्यायोचित हुने छ । रचनात्मक प्रतिपक्षको भुमिका संसारभर सरहानीय रहदै आएको उदाहरण धेरै छन । सत्ता परिर्वतन पनि साधाराण र जायज विषयका रुपमा पनि लिने गरिन्छ ।

तमाम कार्यहरुका विच रथ यात्रा सहज हुन सकेन मेयर उद्धव खरेलको भुमिकाले रथ दुर्घटना हुने अवस्थाकोे सिर्जना भएको खण्डमा जनप्रतिनिधीहरुको विरोधाभास कार्यहरुले निरन्तरता पाएको खण्डमा नगरपालिकाको एक सक्षम र जागरुक मतदाताका रुपमा हरेक नागरीकले रथलाई जोगाउनु पर्ने हुन्छ त्यसका लागि नेपाली काँग्रेस बुढानिलकण्ठ हरेक पाइलामा संगसंगै हुनुपर्दछ ।

सहयोगीका रुपमा हिड्नु पर्दछ । सहयोग, सदभाव र सकारात्मक सोचलाई परिर्वतन गराउन खोज्ने वा निरिह बनाउन खोज्ने र वेवास्था गर्ने खोज्ने मनोभाव जनप्रतिनिधीहरुले पनि गर्न पाउनेछैनन र गर्ने छैनन पनि लेखक यति विश्वाश राख्दछ ।

तपाइँको प्रतिक्रिया ।