शंखरापुर नगरपालिकाका प्रमुखद्वारा क्षतिग्रस्त विद्यालयहरू पूनर्निमाण पश्चात् हस्तान्तरण

शंखरापुर नगरपालिकाका प्रमुखद्वारा क्षतिग्रस्त विद्यालयहरू पूनर्निमाण पश्चात् हस्तान्तरण

कपन अनलाइन

काठमाडौं,पौष १९।

२०७२ साल बैशाख १२ र २९ गते गएको विनाशकारी भूकम्पबाट क्षतिग्रस्त शंखरापुर नगरपालिका वडा नं १ भित्रका तीनवटा विद्यालयहरू सूर्यज्योति आधारभूत विद्यालय,नवीनग्राम मावि,र रातमाटे आधारभूत विद्यालयका केही भवनहरू पूनर्निमाण पश्चात् सम्बन्धित विद्यालय व्यवस्थापन समितिलाई आज एक कार्यक्रम बिच  शंखरापुर नगरपालिकाका प्रमुख सुवर्ण श्रेष्ठ हस्तान्तरण गरिएको छन ।

उक्त विद्यालयका भवनहरू जिल्ला शिक्षा कार्यालय,जिल्ला आयोजना कार्यान्वयन इकाई काठमाडौँको समन्वयमा वि वर्ल्डअनाउन्स इटाली र ग्लोबल एक्शन नेपाल ( WeWorld Onlus,Italy र Global Action Nepal) को साझेदारीमा पुनर्निर्माण गरिएको हो।

ती विद्यालयहरूको उद्घाट्न तथा हस्तान्तरण कार्यक्रममा जिल्ला शिक्षा कार्यालय, जिल्ला आयोजना कार्यान्वयन इकाई काठमाडौँका प्रमुख गणेश प्रसाद ढकाल र ग्लोबल एक्सन नेपालका डाइरेक्टर बि के श्रेष्ठ विशेष अतिथिका रहेका थिए भने शंखरापुर नपा वडा नं १ का अध्यक्ष श्याममणि ढुंगाना,विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरु, सदस्यहरु, विधार्थीहरु लगाएत स्थानीयहरुको उपस्थिति रहेको थियो ।

समाचार शोर्त : नवराज गुरुङ

तपाइँको प्रतिक्रिया ।