प्रदेश राजधानी माग गर्दै रिले अनशन शुरु
कपन अनलाइन
विराटनगर, १८ पुस । मोरङ मुस्लिम समाजले विराटनगरलाई १ नं प्रदेशको राजधानी घोषणा गर्नुपर्ने माग गर्दै मंगलबार अपराह्नदेखि रिले अनसन शुरु गरेको छ ।
विराटनगरको वुधहाट चोकस्थित बि प्लटमा शुरु गरिएको रिले अनशनमा ताजिम अहमद, साहव अहमद गड्डु, मोहम्मद नसरुल, सम्स आलम र नासिर अहमद बसेका छन् । विराटनगरलाई राजधानी घोषणा नभएसम्म अनशन जारी रहिरहने समाजका प्रवक्ता वसिम आलमले बताए ।
तपाइँको प्रतिक्रिया ।