गोकर्णेश्वर नगरपालिका खुल्ला दिशा मुक्त क्षेत्र घोषणा

गोकर्णेश्वर नगरपालिका खुल्ला दिशा मुक्त क्षेत्र घोषणा

कपन अनलाइन

काठमाडौ,पौष १६ ।

गोकर्णेश्वर नगरपालिका वडा नं ४ मा रहेको गोकर्णेश्वर महादेव मन्दिर परिसरमा आज नेपाल सरकारको नीति अनुरुप ई. स २०१७ भित्र खुल्ला दिशा मुक्त क्षेत्र घोषणा गर्ने कार्यक्रम अन्तर गत आज गोकर्णेश्वर नगरपालिकालाइ खुल्ला दिशा मुक्त क्षेत्र घोषणा गरिएको छ ।

बिहान नगरपालिका कार्यलयबाट बृहत र्याली सहित महादेव मन्दिर प्राङ्गणमा पुगी एक कार्यक्रमका बीच खुल्ला दिशा मुक्त क्षेत्रघोषणा  गरिएको छ । उक्त घोषणा कार्यक्रममा प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य कृष्ण राइ बिशेष अतिथि प्रदेश सभा सदस्य १ का सांसद छिरिंग दोर्जे लामा, प्रदेश सभा २ सदस्य रामेश्वर फुयाल  रहेका थिए भने उक्त कार्यक्रमका सभाध्यक्षता गोकर्णेश्वर नगरपालिका का प्रमुख सन्तोष चालिसे रहेका थिए भने अतिथिहरुमा गोकर्णेश्वर नगरपालिकाकी उप प्रमुख शान्ति नेपाल , गोकर्णेश्वर नगरपालिका वडा नं १ का वडा अध्यक्ष राम मानन्धर ,वडा ९ का वडा अध्यक्ष राजिब थापा वडा ८ का वडा अध्यक्ष मनोज ढुंगाना ,वडा नं ३ का वडा अध्यक्ष राजेन्द्र भण्डारी ,गोकर्णेश्वर नगरपालिकाका प्रमुख सल्लाहकार  दिपक  रिसाल,  गोकर्णेश्वर नगरपालिकाका  प्रमुख प्रशासकीय अधिकृत दिपक कोइराला लगायत गोकर्णेश्वोर नगरपालिकाका कर्मचारी विभिन्न संघ सस्थाका प्रतिनिधि स्वास्थ्य स्वयं सेविका महिला समूह लगायतको बाक्लो उपस्थिति रहेको थियो ।

उक्त कार्यक्रमको संचालन भूपेन्द्र बोहोराले गरेका थिए ।उक्त कार्यक्रममा गोकर्णेश्वर नगरपालिका वडा नं ४ का वडा अध्यक्ष श्री कुमार श्रेष्ठ ले   स्वागत मन्तब्य राखेका थिए भने   खुल्ला दिशा मुक्त नगरपालिका बनाउनको लागि सहयोग गर्ने व्यक्ति र सस्थाहरुलाई सम्मान पनि  गरिएको थियो ।

उक्त कार्यक्रममा प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य  कृष्ण राइले  खुल्ला दिशा मुक्त  नगरपालिका लेखिएको ब्यानर  तानेर उद्दघाटन गरेका थिए ।साथै उनले सबैलाई  खुल्ला सौच र फोहोर  नगर्नको लागि पनि  सपथ खुवाएका थिए ।

कार्यक्रममा बोल्दै प्रदेश सभा १ का सांसद छिरिंग दोर्जे लामाले  खुल्ला दिशा मुक्त नगरपालिका भएकोमा बधाई एबम शुभकामना दिंदै   समाजलाई सुसस्कृत सभ्य रुपमा अगाडी बढाउनू   सबैको जिम्मेवारी भएको भएकोले  आज गरिएको सपथले टेवा पुग्ने छ भन्ने बिश्वास लिएको बताए ।

साथै  हाम्रो शरिर ६० प्रतिशित पानीले बनेको छ  भने यो पृथ्बी ७० प्रतिशत भन्दा बढी भूभाग पानीले ओगटेको हुनाले   खुल्ला सौच पानीमा मिसिन गइ विभिन्न रोग लाग्ने भएकोले पनि उनले खुल्ला सौच गर्न नहुने बताएका थिए ।

त्यस्तै गरि सोहि कार्यक्रममा बोल्दै प्रदेश सभा २ का सांसद रामेश्वर फुयालले गोकर्णेश्वर नगरपालिका खुल्ला दिशा मुक्त क्षेत्र मात्र नभई सफाई क्षेत्र पनि बनोस भन्ने शुभकामना दिएका थिए। उनले  अब समाजलाई अग्रगति दिनका लागि स्थानीय तहमा ४० प्रतिशत महिलासहितको प्रमुख उप प्रमुख सहितको नेतृत्व स्थापित भएको बताएका थिए ।

उनले आफु निर्वाचनको क्रममा घर घरमा पुग्दा सौचालयहरु रहेका तर त्यहा सौचालय भित्र सुकुल ,दाउराहरु राखिएको आफुले भेटेको सौचको लागि प्रयोग गर्नपर्ने सौचालयहरु समानहरु राखिएको आफुले भेटेको बताए।

तसर्थ अब परिबर्तनको लागि पछाडी थप नीतिहरु निर्माण गर्नु पर्ने  र कार्यन्वयन कर्ता थप यसमा लाग्नु पर्ने  बताएका थिए। साथै उनले नगर तर्फ आउदा सबै भन्दा कठिन अपाङ्गता भएका ब्यक्तिहरुलाई भएको सुनाउदै अब नगरले सरकारले सबैले अब  बन्ने सार्बजनिक सौचालयहरु अपांगता मैत्री बनाउन पर्ने बताएका थिए र आफु त्यसमा लागि पर्ने बताएका थिए ।

सोहि कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य कृष्ण राइले  जनतालाई शिक्षित गर्दै अगाडी लानु पर्ने  पर्ने बताएका थिए ।उनले फोहोर गर्ने कुरामा महिला भन्दा पुरुष नै  बढी भएको बताएका थिए।

उनले नगरमा सार्बजनिक सौचालय निर्माण गर्न स्थानको अभाब रहे पनि  सडक नजिकका कुनै घरमा सार्वजनिक सुचना टासेर सौचालय प्रयोग गर्न सक्ने गरि घर धनि संग सम्झौता गर्न सकिने बताएका थिए ।उनले आफु जनप्रतिनिधि भएकोले जनताको गुनासो जहिले पनि सुन्ने भन्दै कुनै पनि  बिकासको काममा सहयोग रहने बताएका थिए ।

सभाध्यक्षको आसन बाट बोल्दै गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसेले  सार्बजनिक सौचालय निर्माणको लागि आफु लागिरहेको बताएका थिए ।उनले खुल्ला दिशा मुक्त क्षेत्र घोषणा गरेर मात्र जिम्मेवारी पुरा नहुने भन्दै निरन्तर अनुगमन गर्नुपर्ने बताएका थिए। उनले सफा  नगरपालिका  बनाउनको लागि सबैको सहयोग र जिम्मेवारी रहेको बताउदै आफु सदैब नगरको बिकासमा लागिपरेको बतएका थिए।

 

तपाइँको प्रतिक्रिया ।