छैठौं दि एक्सेलसियर कप खेलकुदमा राजश्री गुरुकुल,सेब,स्किब्स,वल्सन र माउण्टग्लोरीलाई उपाधि

छैठौं दि एक्सेलसियर कप खेलकुदमा राजश्री गुरुकुल,सेब,स्किब्स,वल्सन र माउण्टग्लोरीलाई उपाधि

कपन अनलाइन 

काठमाडौ,पौष १४

छैठौं दि एक्सेलसियर कप अन्तर बिद्यालय खेलकुद प्रतियोगिता अन्तरगत जुनियर छात्र फाइभ ए साईट फुटबलमा राजश्री गुरुकुलले किट्स लनिङलाई ३–० गोलले पछि पादै च्याम्पियन बन्यो ।

राजश्री गुरुकुलको जितमा करनदीप श्रेष्ठले महत्वपूर्ण २ गोल गर्दा गोल रक्षक विदुक श्रेष्ठले पनि एक गोल थप्न भ्याए । जुनियर छात्र फाइभ ए साईट फुटबलमा किट्स लनिङका बिपिस मल्ल उत्कृष्ट खेलाडी भए ।

बास्केटबलको जुनियर छात्रतर्फ सामाखुसी बोडिङ स्कुल(सेब) च्याम्पियन बनेको छ । उत्कृष्ट खेलाडी घोषित रबि शर्माको सर्वाधिक १३ स्कोरको सहयोगमा सेबले रेडिअन्टलाई २६–२१ को स्कोरमा हरायो । सिनियर छात्रातर्फ स्किब्सले जेनितमाथी २४–२२ को स्कोरमा स्तब्ध बनाउदै उपाधि जित्यो । स्किब्सकी पुजा चौधरी उत्कृष्ट खेलाडी चुनिईन् ।

त्यस्तै सिनियर छात्रतर्फ उत्कृष्ट खेलाडी चुनिएका पेम्बा शेर्पाको उत्कृष्ट प्रदर्शनमा वल्सनले रेडिअन्टलाई ६१–५५ को स्कोरमा हराउदै च्याम्पियन बन्यो । पेम्बाले टिमका लागि महत्वपूर्ण ४३ स्कोरको योगदान गरेका थिए ।

आयोजक दि एक्सेलसियरको आटिफिसियल खेल मैदानमा भएको सिनियर छात्रको फाइभ ए साईट फुटबलमा माउण्टग्लोरी च्याम्पियन बनेको छ । उपाधि भिड्न्तमा माउण्टग्लोरीले आयोजक दि एक्सेलसियरलाई ७–३ गोल अन्तरले हरायो । माउण्टग्लोरीको जितमा दिपेश गुरुङ ४,आयुष घलान २ र सुरेन्द्र घलेले १ गोल गरेका थिए ।

आयोजक दि एक्सेलसियरका निमेश गोतामे २ र ससांक रुम्बाले १ गोल गरेका थिए । आयोजकका कर्मा निमा गुरुङ उत्कृष्ट खेलाडी चुनिए । विजेतालाई सांसद एवं नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, आयोजक विद्यालयका प्रबन्ध निर्देशक राम बस्नेत, प्रिन्सिपल शितल राणालगायतले पुरस्कार प्रदान गरे ।

तपाइँको प्रतिक्रिया ।