अोखलढुंगामा सुख्खा पहिरोले गर्दा राजमार्ग अबरुद्ध

अोखलढुंगामा सुख्खा पहिरोले गर्दा राजमार्ग अबरुद्ध

कपन अनलाइन

ओखलढुंगा १२, पुस।

ओखलढुंगाको हर्कपुरमा आज बिहान सुख्खा पहिरो जाँद मध्य पहाडी लोकमार्ग अवरुद्ध भएको छ। मध्य पहाडी लोकमार्गमा पर्ने सो क्षेत्रमा सडक अवरुद्ध भएपछि हजारौ यात्री अलपत्र परेका छन्।

बिहान ६ बजे गएको सुख्खा पहिरोमा एक ट्रयाक्टर परेको छ। सुख्खा पहिरो जाँदा खसेको ढुंगा लागेर ट्रयाक्टर चालक मिनकुमार सामान्य घाइते भएको हाम्रो संवाददाता सुदर्शन केसीले बताए। पहिरोको कारण सो लोकमार्ग भएर सोलुखुम्बु, ओखलढुंगा , खोटाङ जाने आउने सवारी साधनहरु अबरुद्ध  भएका छन।

जेसिबी लगाएर ढुङ्गा तथा क्षति ग्रस्त ट्र्याक्टर हटाउने कार्य भैरहेको स्थानीय ट्राफिक प्रहरी पुर्ण बहादुर दर्जीले  बताए।

समाचार साभार :सिखर न्युज

तपाइँको प्रतिक्रिया ।