बुढानिलकण्ठ नगरपालिकाका निर्णयहरु :बाल मैत्री नगर बनाउने देखि उपभोक्ता समिति पुरस्कृत गर्ने सम्म
कपन अनलाइन
काठमाडौ,पौष १२
बुढानिलकण्ठ नगरपालिकाको प्रथम नगर सभा बाट भएका विभिन्न निर्णय हरु क्रमस यस सामग्रीमा प्रस्तुत गरिएको छ ।बुढानिलकण्ठ नगरपालिका का प्रमुख उद्दव खरेलले प्रस्तुत गरेको वार्षिक नगर विकास योजनामा प्रस्तुत गरेका योजना तथा निर्णयहरु यहाँ प्रस्तुत गरिएको छ।
प्रथम नगर सभाका निर्णयहरु
- बुढानिलकण्ठ नगरपालिका को भौगोलिक अवस्था ,सांस्कृतिक धरोहर ,नदी नाला ,नागरिक वडापत्र ,प्रसासकिय भवन ,ठुला विकास निर्माणका योजना उद्घाटन र घोषित नीतिहरु समेटेर सूचना मुलक भित्ते पात्रो प्रकाशन गर्ने
- आव २०७४/७५ बाट पूर्ण सरसफाई अभियान अगाडी बढाइने
- विकास निर्माण ,फोहोर मैला व्यवस्थापन ,बिज्ञापन कर आदिमा सार्वजनिक निजि साझेदारी को नीतिलाई जोड दिएर कार्यक्रम अगाडी बढाउने
- पेश्की सुन्य प्रणाली लागु गरिने
- नगरपालिकामा दैवी प्रकोप कोष ,मर्मत सम्भार कोष ,फोहोर मैला शुल्क कोष ,कर्मचारी कल्याण कोष र वाल संरक्षण कोष स्थापना गर्ने
- विकास निर्माण तर्फ सार्वजनिक परिक्षण गरेर मात्र भुक्तानी दिने
- विकास निर्माण मा राम्रा काम गर्ने व्यवसायी तथा उपभोक्ता समितिलाई पुरस्कृत गर्ने
- बुढानिलकण्ठ नगरपालिकालाई बाल श्रम शोषण रहित नगरपालिका बनाई बाल मैत्री नगर घोषणा गर्न सो अनुसारका कार्यक्रम संचालन गर्ने
- नगरपालिकाका स्वागत द्वार ,खेल मैदान हरुलाई प्राथमिकतामा राखेर निर्माण गर्ने
- वडा समितिको शिफारिस मा वडामा खर्च गर्न बिनियोजन भएको रकम खर्च सम्बन्धि नीति बनाई लागु गर्ने
तपाइँको प्रतिक्रिया ।