रानीपोखरी पुनर्निमाणका विषयमा काठमाडौं महानगर पालिका प्रमुख र उप प्रमुख विच विवाद

रानीपोखरी पुनर्निमाणका विषयमा काठमाडौं महानगर पालिका प्रमुख र उप प्रमुख विच विवाद

कपन अनलाइन 

काठमाडौ,पौष ११

रानीपोखरीको पुनर्निमाणका विषयमा महानगरभित्र नै विवाद चर्किएको छ । उपमेयर हरिप्रभा खड्गीसहित पुगेको सम्पदाविदको टोलीले विहान लगाएको तला मेयर विद्यासुन्दर शाक्यले तोडेका छन् ।

रानीपोखरीमा सिमेन्टसहित क्रंक्रिट प्रयोग गरिएपछि सम्पादाविद्हरुले चर्को विरोध गर्दै आएका छन् । उपमेयर खड्गीले मंगलबार रानीपोखरीको अवलोकन गरेपछि काम रोक्नु पर्ने बताएकी थिइन् ।लगतै सम्पदाप्रेमी काठमाडौंबासीको नाममा ताला लगाइएको थियो ।

रानीपोखरीमा ताला लागेपछि मेयर शाक्य पनि तत्कालै रानीपोखरी पुगेका थिए । उनले ताला तोड्न निर्देशन दिएर ताला तोडियो । मेयर शाक्यले पनि पुनर्निर्माणको कामको निरीक्षण गरेका छन् ।

अहिले रानीपोखरी निर्माणको विषय निकै चर्चामा रहेको छ जसले राजनीतिक र महानगरका अन्य स्थानमा समेत बहस सृजना गरेको छ।

तपाइँको प्रतिक्रिया ।