बाम गठबन्धन काठमाडौ -८ को दुई दिने आवाशीय युवा नेतृत्व विकास तालिम सम्पन्न

कपन अनलाइन

काठमाडौ. पौष १०  ।

पार्टी सहकार्य संयन्त्र र संयुक्त बाम गठबन्धन निर्वाचन परिचालन कमिटि क्षेत्र नं ८ काठमाडौँको आयोजनामा दुइ दिने आवाशीय  युवा नेतृत्व विकास तालिमको बुढानिलकण्ठ नगरपालिकामा रहको पार्क भिलेज रिसोर्टमा अस्ति  बाट  सुरु भएको कार्यक्रम हिजो  समापन भएको छ ।

पार्टी एकीकरण पूर्व यस्ता कार्यक्रमले दुइ पार्टीबीच भावनात्मक सम्बन्ध बनाउन सहयोग पुग्नुको साथै देश बिकास गर्नको लागि दुइ पार्टी बिचमा भावनात्मक सम्बन्ध बनाउन युवाहरुको ठुलो दायित्व भूमिका रहेको हुनाले यस किसिमको कार्यक्रमको आयोजना गरेको आयोजकले कपन अनलाइनलाइ बताएको छ ।

कार्यक्रमको समापन  गर्दै  नेकपा एमालेकी उपाध्यक्ष  अष्टलक्ष्मी शाक्यले आफुले सिकेको कुरा ब्यबहारमा उतार्न अनुरोध गरेकी थिइन। उनले एस्तो कार्यक्रमले नेतृत्व बिकास गर्न सहयोग पुग्नुको साथै दुइ पार्टी बीच भावनात्मक सम्बन्ध बलियो पार्न सहयोगी भूमिका  खेल्ने बताएकी थिइन ।

उक्त कार्यक्रममा काठमाडौँ निर्वाचन क्षेत्रमा बिजयी भएका सांसदहरुलाई बधाई र शुभकामना समेत दिइएको थियो भने उक्त दुइ दिने आवाशीय  युवा नेतृत्व तालिमम सहभागी भएका प्रशिक्षार्थीहरुलाई प्रमाण पत्र समेत वितरण गरिएको थियो ।कार्यक्रममा सहदेब महत,अधिबक्ता खिमलाल देबकोटा, निर्जला शर्माले नेतृत्व बिकासको प्रशिक्षण  दिएका  थिए ।कार्यक्रम  संचालन राजन गौतमले गरेका थिए।

तपाइँको प्रतिक्रिया ।