मतदातालाई धन्यवाद दिन बुनपा १० मा गगन थापा

मतदातालाई धन्यवाद दिन बुनपा १० मा गगन थापा

कपन अनलाइन

काठमाडौ,पौष ८।

नेपाली कांग्रेसका केन्द्रिय सदस्य एबम काठमाडौं क्षेत्र नं ४ का प्रतिनिधि सभा सदस्य गगन कुमार थापाले बुढानिलकण्ठ नगरपालिका वडा नं १० का मतदातालाई धन्यवाद दिएका छन ।आज बुनपा १० मा भएको एक भेलामा उनले निर्वाचनमा सहयोग गर्ने सबै मतदातालाई धन्यवाद दिएका हुन् ।

थापा संगै सो कार्यक्रममा काठमाडौं क्षेत्र नं ४ प्रदेस क्षेत्र २ का उम्मेदवार साधुराम खड्का ,नेपाली कांग्रेस बुनपा १० का सभापति श्याम डोटेल , प्रचार संयोजक राम प्रसाद लुइँटेल लगायतको उपस्थिति रहेको थियो ।

थापाले सो भेलामा सबै मतदाताले निर्वाचनमा देखाएको उत्साह र सहयोग महत्वपूर्ण रहेको भन्दै आगामी दिनमा जनचासो र विकासका मुद्दामा केन्द्रित भएर आफु लाग्ने बताएका थिए ।

फोटो सौजन्य : देवी प्रसाद मिश्र

तपाइँको प्रतिक्रिया ।