उदयपुर जिल्ला प्रशासन कार्यालयमा ध्वनि नागरिक वडापत्र

उदयपुर जिल्ला प्रशासन कार्यालयमा ध्वनि नागरिक वडापत्र

कपन अनलाइन 

उदयपुर,पौष २।

जिल्ला प्रशासन कार्यालय उदयपुरले आजबाट सेवाग्राहीलाई लक्षित गर्दै ध्वनि नागरिक वडा पत्रको शुरुवात गरेको छ । प्रशासन कार्यालय उदयपुरले प्रवाह गर्ने सेवाको विषयमा प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेलले नागरिक सेवाको विषयमा रेकर्ड गरिएको ध्वनि प्रशासन परिसरमा प्रसारण गरिनेछ ।

जिल्ला प्रशासनमा खासगरी नागरिकता, राहदानी, संस्था दर्तालगायत प्रशासनले प्रदान गर्ने सेवा र त्यसको क्रियाको विषयमा नागरिकलाई थाहा पाउनका लागि ध्वधि नागरिक वडापत्रको व्यवस्था गरिएको हो । नागरिक सामान्य जानकारीको अभावमा सेवा प्रभावित हुने भएकाले नागरिकलाई आफूले पाउने सेवाको विषयमा जानकारी बोध गराउन ध्वनि नागरिक वडापत्र प्रसारणमा राखिएको प्रजिअ कँडेलले बताउनुभयो ।

जिल्ला प्रशासन कार्यालय परिसरभित्र अब केही समयभित्रै ‘फ्री वाईफाई’ क्षेत्रसमेत सञ्चालनमा ल्याउने तयारी गरिएको छ । जिल्ला प्रशासनले प्रदान गर्ने सार्वजनिक सेवाको विषयमा वेबसाइटमा समेत राखिएकाले नागरिकले घरैमा बसेर पनि प्रशासनको सेवाको विषयमा जानकारी लिन सकिने जिल्ला प्रशासन कार्यालय उदयपुरका प्रशासकीय अधिकृत कुमार खड्काले बताउनुभयो ।

जिल्ला प्रशासन कार्यालय उदयपुरले सञ्चालनमा ल्याएको ध्वनि नागरिक वडापत्रका लागि त्रियुगा उद्योग वाणिज्य संघले उपकरण सहयोग गरेको छ । वाणिज्य संघले करिब १७ हजारबराबरको उपकरण सहयोग गरेको हो ।

जनताले सरकारले दिने सेवा विषयमा जानकारी गराउनका लागि उपकरण सहयोग गरेको त्रियुगा उद्योग वाणिज्य संघका अध्यक्ष गजेन्द्रकुमार भगतले जानकारी दिनुभयो । जिल्ला प्रशासन कार्यालय उदपुरलाई उपकरण सहयोग गरे सँगै त्रियुगा उद्योग वाणिज्य संघलाई धन्यवाद पत्रसहित आइतबार सम्मान गरिएको थियो ।

तपाइँको प्रतिक्रिया ।