डा. राजन भट्टराई र गगन थापाको राजनीति भविष्य आज निर्धारण हुदै

डा. राजन भट्टराई र गगन थापाको राजनीति भविष्य आज निर्धारण हुदै

कपन अनलाइन

काठमाडौ,मंगसिर २२

काठमाडौं क्षेत्र नं  ४ मा  सांसदको रुपमा संगै  काम गरेका नेपाली राजनीतिक बृतका चर्चित र आश लाग्दा यी दुई नेताहरु अहिले आफ्नो कठिन राजनीतिक प्रतिस्पर्धामा आमने सामने भएका छन । औपचारिक र अनौपचारिक दुवै  किसिमका संवादमा एक अर्कालाई सम्मान र प्रसंशा गर्ने यी दुई नेताको भिडन्तको अन्तिम समय आइसकेको छ ।

अहिले गणना भै रहेको मतले यी २ नेताको राजनीतिक भविष्य निर्धारण हुनेछ ।नेपाली समाज ,अन्तरास्ट्रिय सम्बन्ध एबम घटनाक्रम र नेपालको सामाजिक अवस्थाको  बाहिरी स्वरूप र अन्तर्य दुवै बुझेका दुई प्रभावशाली युवा नेताहरुको चुनावी भिडन्त यस निर्वाचनको रोचक घटना थियो।

निकै आक्रामक र पेचिलो प्रचार युद छेडेका यी दुइ नेता मध्ये कसले विजयी माला पहिरिन्छ त्यो अवको केहि घन्टामा थाहा हुनेछ ।

 

तपाइँको प्रतिक्रिया ।