काठमाडौं ४ को मत गणना बुढानिलकण्ठ १० नेपाल चार्टर बुथ बाट सुरु

काठमाडौं ४ को मत गणना बुढानिलकण्ठ १० नेपाल चार्टर बुथ बाट सुरु

कपन अनलाइन

काठमाडौ,मंगसिर २२

काठमाडौँको मतगणना सुरु भएको छ। राष्ट्रिय सभागृहमा काठमाडौँ क्षेत्र नम्बर चार  को मतगणना बाकस खुलेर मतगणना सुरु भइसकेको छ।

यस क्षेत्रमा बुढानिलकण्ठ नगरपालिका वडा नं १० को नेपाल चार्टर विद्यालय बुथको बाकस बाट गणना सुरु गरिएको छ।

काठमाडौं क्षेत्र नम्बर ४ को परिणाम भोलिसम्म आइसक्ने मुख्य निर्वाचन अधिकृतले जानकारी गराएका छन्।

तपाइँको प्रतिक्रिया ।