काठमाडौं क्षेत्र नं ४ को “मुड”

काठमाडौं क्षेत्र नं ४ को “मुड”

कपन अनलाइन 

काठमाडौ,मंगसिर २० /विचार /पुन्यराज पुडासैनी

सायदै काठमाडौं क्षेत्र नं ४ का उम्मेद्वारहरु डा. राजन भट्टराई र गगन थापाले सोचेका थिए होलान कि यस क्षेत्रमा निर्वाचन प्रचार युद्ध र अभियानले यो स्वरूप लिन सक्थ्यो भनेर ।कार्तिक १६ गते मनोनयन दर्ता गरेर रास्ट्रिय सभा गृह बाट बाहिरिदै गर्दा दुवै नेताले दिएको अभिव्यक्ति र उनिहरुको मुहारको चमक र आभा अर्कै थियो जुन अहिले केहि निरासा ,केहि लघुताभास ,केहि आक्रोस र केहि गुनासो मिश्रित मुखाकृतिमा परिणत भएको छ।

यो चुनावी दौड ,भेटघाट र प्रचार व्यस्तताले भन्दा पनि यस क्षेत्रमा मनोनयन दर्ता देखि मौन अवधि सम्मको समयमा भएका प्रचार युद्का कारणले देखिएको हो । देशका दुई होनहार युवा हरुको चुनावी प्रतिस्पर्धा निकै सालिन ,रोचक र आकर्षक मित्रता पूर्ण हुने अनुमान गरेका यस क्षेत्रका जनताले ठिक त्यसको विपरित विभिन्न आरोप, प्रत्यारोप , लान्छना र त्यसको खण्डनको शृंखला देख्नु पर्यो जुन कदाचित अपेक्षित थिएन ।

यस दौरान चलेका यस्ता शृंखलाले दुई उम्मेदवारका विविध नकारात्मक पाटोहरुलाई उदांगो पार्ने प्रयत्न गर्यो जुन यस क्षेत्रका जनताले अपेक्षा गरेका थिएनन् र अव पनि सो कुरा हेर्न ,सुन्न र देख्न चाहेका छैनन् ।अनौठो दृश्य यो छ कि एकाध सानातिना प्रसंग बाहेक उम्मेद्वारहरुले एक अर्कालाई दोषारोपण र आरोप लगाएका छैनन।दुवै उम्मेदवारले खुल्ला रुपमा कुनै टिप्पणी नगरेको यस समयमा दैनिक जसो दुबैका नकारात्मक पक्ष उचालेर आउने प्रसंग र प्रचार सामग्रीले यस क्षेत्रका जनताको “मुड ” माथि असर पार्ने काम गरि रह्यो र त्यो शिलशिला आज पर्यन्त कायमै छ ।यसले आम जनता मात्र हैन दुवै पार्टीका कार्यकर्ताको मानो विज्ञानमा समेत असर पारिरहेको भान उनीहरुको अभिव्यक्तिमा प्रस्ट झल्किन्छ।

झन पछिल्लो समय बुढानिलकण्ठ नगरपालिका वडा नं २ मा भएको बम विस्फोट र त्यस पश्चात शिक्षण अस्पतालको घटना र सो पश्चातका विविध प्रचार शृंखलाले त्यो मुडलाई निकै तरंगित पारिरहेको छ ।अव आजको दिन सम्म तरंगित,उद्देलित ,त्रसित र कुण्ठित क्षेत्रवासीको मनले त्यो मुड कस्तो बनाउछ र त्यो भोलि बिहान ७ बजे देखि मतमा परिणत हुन्छ त्यसैले यी दुइ नेताको राजनीतिक भविष्य निर्धारण गर्ने छ । देशको रास्ट्रपति ,उपरास्ट्रपति को राजनीतिक मैदान रहेको यस क्षेत्रमा यो निर्वाचनमा देखिएको यस किसिमको प्रचार अभ्यासलाई कस्तो किसिमले ग्रहण गर्छन त्यो र मुड कस्तो रहेछ भन्ने मंगसिर २५ आसपासमा अवश्य पनि देखिनेछ ।

 


तपाइँको प्रतिक्रिया ।