कृष्ण राईको नाम लिदै के भने नेपालजीत लामाले ?

कृष्ण राईको नाम लिदै के भने नेपालजीत लामाले ?

कपन अनलाइन 

काठमाडौ,मंगसिर १३ ।

काठमाडौं क्षेत्र नं ३ का पुराना लोकप्रीय बामपन्थी नेता नेपालजीत लामाले बाम गठवन्धनका नेतालाई निर्वाचनमा सफलताका लागि सुभकामना दिएका छन ।करिव १६ वर्ष पछी नेकपा एमालेको कार्यक्रममा सम्बोधन गर्न पुगेका लामाले आफु आफ्नो पुरानो घरको संघारमा उभिएको बताएका थिए ।

उनले आफ्नो राजनीतिक यात्राको सम्झना गर्दै यस पटक नेपालको दोगो विकासका लागि बाम गठबन्धनको जित हुनु पर्ने मा जोड दिएका थिए ।उनले आफ्नो सम्बोधनको क्रममा आफु सधै बाम पन्थी रहेको र त्यस बाट विचलित नभएको बताएका थिए ।

२०५४ शालको स्थानीय निकायको निर्वाचनमा काठमाडौं महानगरपालिका वडा नं ६ मा वडा अध्यक्ष निर्वाचित बनेका लामाले आसन्न निर्वाचनमा वडा नं ६ को बामपन्थीको एक मत पनि कसैले चोर्न नसक्ने बताए ।

सामान्य व्यक्तिको सोच पनि महत्वपूर्ण हुने भन्दै उनले सबै निर्वाचन अभियानमा लाग्नु पर्ने बताएका थिए ।काठमाडौं क्षेत्र नं ३ मा बाम गठबन्धनको तर्फ बाट उम्मेदवार कृष्ण राईको नाम लिदै लामाले यस पटक को निर्वाचनमा राई र उनका प्रदेशका सहयात्रीलाई जिताउन कुनै कसर बाकि राख्न नहुने बताएका थिए ।

तपाइँको प्रतिक्रिया ।