डा.राजन भट्टराई बुढानिलकण्ठ वडा नं १२ मा आज दिनभर घर दैलोमा

डा.राजन भट्टराई बुढानिलकण्ठ वडा नं १२ मा आज दिनभर घर दैलोमा

कपन अनलाइन 

काठमाडौ,मंगसिर ५ ।

बाम गठवन्धनको तर्फ बाट काठमाडौं क्षेत्र नं ४ मा प्रतिनिधि सभा उम्मेदवार डा. राजन भट्टराई आज बुढानिलकण्ठ नगरपालिका  वडा नं १२ मा घर दैलो गरिरहेका छन ।बाम गठवन्धन का तर्फ बाट काठमाडौं क्षेत्र नं ४ प्रदेस क्षेत्र २  का उम्मेदवार कुसुम कुमार कार्की  सहित स्थानीय नेता तथा कार्यकर्ताको साथमा घर दैलो गरिरहेका छन ।

भट्टराई संगै नेकपा एमालेका तर्फ बाट प्रदेस सभामा समानुपातिक उम्मेदवार सुन्दर पुर्कुटी ,नेकपा माओवादीका तर्फ बाट समानुपातिक उम्मेदवार अमर विक,वडा नं १२ का अध्यक्ष शम्भु प्रसाद भट्टराई ,सदस्यहरु पुरुषोत्तम नेपाल,डिल्ली प्रसाद खतिवडा ,शान्ता ढकाल, मीना बयलकोटी , प्रदेस २ निर्वाचन परिचालन कमिटि संयोजक विदुर विक्रम खड्का र ठाकुर प्रसाद खकुरेल, निर्वाचन परिचालन कमिटिका संयोजक तथा पदाधिकारी ,बुद्दिजीवीहरुको पनि उपस्थित रहेका थिए ।

घर दैलोको क्रममा भट्टराईले वडा नं १२ को खानेपानी र बाटोको समस्या आफुले बुझेकोले ति समस्या समाधानका लागि वडा अध्यक्ष र सदस्यलाई निर्देशन दिई सकेको बताएका थिए । सिन्धुपाल्चोक वासीहरुको बाहुल्यता रहेको वडा नं १२ मा स्थानीयले न्यानो स्वागत गरेका थिए ।भट्टराई सिन्धुपाल्चोक जिल्ला सिन्धुकोट बाट काठमाडौं बसाई सरेका थिए ।

तपाइँको प्रतिक्रिया ।