सिजीको ‘एस्ट्रो टी १८’ फोन बजारमा

सिजीको ‘एस्ट्रो टी १८’ फोन बजारमा

कपन अनलाइन 

काठमाडौं, २९  कात्तिक । सिजीको नयाँ फोन एस्ट्रो टी १८ बजारमा आएको छ। कम्पनीले फिचर फोन विधामा नयाँ मोडल बजारमा ल्याएको हो। यसमा १. ८ इन्च स्कृन, डिजिटल क्यामेरा, एफएम, टर्च लाइट, जिपिआरएस, एमपी थ्री, एमपी फोरको सुविधा रहेको छ।

एक हजार एमएएच पावरको ब्याट्री रहेको छ। ८ जिबीसम्मको मेमोरी कार्ड मोबाइलले सपोर्ट गर्दछ। छेउमा टर्च बाल्न निभाउन छुट्टै बटन यसमा रहेको छ। मूल्य १ हजार ९९ रुपैयाँ तोकिएको छ । यसमा १०० दिनको सटही सुविधा समेत राखिएको कम्पनीको दावी छ।

तपाइँको प्रतिक्रिया ।