काठमाडौं क्षेत्र नं ३ कांग्रेसका छिरिंग युवा फकाउदै बिमल बाबु सम्झाउदै

काठमाडौं क्षेत्र नं ३ कांग्रेसका छिरिंग युवा फकाउदै बिमल बाबु सम्झाउदै

कपन अनलाइन

काठमाडौ,कार्तिक २७।

काठमाडौं क्षेत्र नं ३ मा नेपाली कांग्रेसको तर्फ बाट प्रतिनिधि सभामा अम्बिका बस्नेत उम्मेदवार बनेकी छन भने प्रदेस क्षेत्र १ बाट छिरिंग दोर्जे लामा र प्रदेस क्षेत्र २ बाट बिमल ठकुरी उम्मेदवार बनेका छन ।यस क्षेत्रमा प्रदेस क्षेत्रका उम्मेदवार हरु अहिले निकै सक्रियता पुर्वक घर दैलो र चुनावी अभियानमा रहेका छन ।

उनीहरुले आफ्नो चुनावी सम्बोधनमा मतदाता आकर्षित गर्नका लागि विभिन्न धारणा राख्ने गरेका छन ।प्रत्येक निर्वाचनमा उत्रेका उम्मेदवार हरुको आफ्नो मत माग्ने सुत्र र विशेषता भए झै काठमाडौं क्षेत्र नं ३ प्रदेस क्षेत्र का उम्मेदवार हरु ले पनि केहि कुराहरु जोड दिएर राख्ने गरेका छन ।

अहिले काठमाडौं ३ प्रदेस क्षेत्र १ का उम्मेदवार छिरिंग दोर्जे लामा युवा फकाउने रणनीतिमा देखिएका छन भने प्रदेस क्षेत्र २ का उम्मेदवार विमल ठकुरी आफ्ना बाबुको लोक प्रियता र काम सम्झाएर मतदाता आकर्षित गर्ने रणनीतिमा देखिन्छन ।उनीहरुले आफ्ना अन्य मुद्दा संगै यी विषयलाई जोड दिएको देखिन्छ ।

छिरिंग दोर्जे लामा युवा उम्मेदवार रहेकोले उनले हरेक सम्बोधनमा युवाका मुद्दा ,चासो र सरोकारका विषय उठाई रहेका छन ।उनले आफ्नो क्षेत्रमा रहेका युवा मैत्री योजना र मुद्दा कुनै सम्बोधनमा छुटाएका छैनन् ।लामो समय समाज सेवा र अन्य युवा केन्द्रित गतिविधिमा सक्रिय रहेका लामाले आफ्नो क्षेत्रमा आफुले गर्ने केहि विशेष योजना सार्दा युवा केन्द्रित मुद्दालाई प्राथमिकतामा राखेकोले पनि उनि युवा फकाउने रणनीतिमा रहेको बुझिन्छ ।

त्यसतै प्रदेस क्षेत्र २ का उम्मेदवार बिमल ठकुरीले आफ्ना हरेक सम्बोधनमा आफ्ना स्व. बुवा चक्र बहादुर ठकुरीलाई सम्झिने गरेका छन ।चक्र बहादुर ठकुरी त्यस क्षेत्रका निकै लोकप्रिय र विकास प्रेमी नेता रहेका थिए ।बिमल  अहिले आफ्ना बाबुका केहि अधुरा सपना रहेको र ति पुरा गर्न आफुलाई मत दिनु पर्ने भन्दै मतदाता आकर्षित गर्दैछन उनले यसको साथै क्षेत्रको विकास र सम्बृदीको मुद्दालाई पनि प्राथमिकतामा राखेर अभियान संचालन गरेका छन ।

तपाइँको प्रतिक्रिया ।