को हुन् काठमाडौं क्षेत्र नं ८ का प्रतिनिधि सभा उम्मेदवार जीवनराम श्रेष्ठ ?

को हुन् काठमाडौं क्षेत्र नं ८ का प्रतिनिधि सभा उम्मेदवार जीवनराम श्रेष्ठ ?

कपन अनलाइन 

काठमाडौ,कार्तिक २३

यहि मंग्सिर २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि काठमाडौं क्षेत्र नं ८ मा वाम गठवन्धनका तर्फ बाट जीवनराम श्रेष्ठ उम्मेदवार बनेका छन । नेपालको राजनीति र खेलकुदको क्षेत्रमा चर्चामा रहेको नाम जीवनराम श्रेष्ठको संक्षिप्त परिचय यो सामग्रीमा प्रस्तुत गरिएको छ ।

२०२२ साल पुष १५ गते काठमाडौँको स्वयम्भुमा स्थित धिमेलोहं टोलमा जन्मिएका श्रेष्ठले १४ वर्षको उमेर देखि नै राजनीतिक गतिविधिमा सहभागिता जनाउन थालेका थिए । २०३६ शालको विद्यार्थी आन्दोलनबाट प्रभावित श्रेष्ठले नै तत्कालिन भूमिगत नेकपा (माले) मा आवद्ध हुँदै काठमाडौका भित्री बस्तीहरुमा आन्दोलनको वातावरण निर्माणमा श्रेष्ठ सक्रिय रहेका थिए ।

उनले तत्कालिन भूमिगत नेकपा (माले) मा आवद्ध हुँदै पञ्चायत विरोधी आन्दोलनमा सहभागी हुदै सेल,शाखा,वडा,नगर हुँदै जिल्लामा रहदै वि.स. २०४३ सालमा काठमाडौ वडा नम्बर १५ को सक्रिय दलको सचिव,२०४७ सालमा तत्कालिन प्रजातान्त्रिक राष्ट्रिय युवा संघ

(प्ररायु संघ) को संस्थापक सदस्यको भूमिका निर्वाह गरेका थिए ।२०४८ सालमा भएको संघको प्रथम सम्मेलनबाट केन्द्रीय सदस्यमा निर्वाचित हुदै उनि उपाध्यक्ष भएर समेत काम गरेका थिए।

२०४९ शालमा श्रेष्ठले काठमाडौँ महानगरपालिकाको १५ नम्बर वडाको वडाध्यक्ष निर्वाचित भएका थिए भने २०५४ शालमा वडा नं १३ को वडा सदस्य हुदै कार्यबाहक अध्यक्ष बनेका थिए ।

श्रेष्ठले दोश्रो जनआन्दोलन परिचालनका लागि श्रेष्ठलाई पार्टीले काठमाडौँका भित्रि वस्तीहरुमा सक्रिय रहदै २०६५ सालमा बुटवलमा भएको नेकपा (एमाले) को आठौँ महाधिवेशनमा केन्द्रीय कमिटिमा निर्वाचित भै काठमाडौँ जिल्ला इन्चार्जको जिम्मेवारी बहन गरेका थिए ।

जीवनराम श्रेष्ठले २०७० सालको संविधानसभा निर्वाचनमा काठमाडौँ क्षेत्र नम्बर ८ मा उम्मेदवार बन्दै निकटतम प्रतिस्पर्धी २०७२ सालको भूकम्पका बेला राहात र उद्दारमा सक्रिय रहदै संघीय प्रतिनिधिसभा सदस्यको उम्मेदवारका रुपमा पुनः दोश्रो पटक प्रतिश्पर्धाको मैदानमा उत्रेका छन ।श्रेष्ठ २०७१ सालमा काठमाडौँमा सम्पन्न एमालेको नवौ राष्ट्रिय महाधिवेशनबाट दोश्रो कार्यकालका लागि केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए ।

उनले दोश्रो पटक ३०६३ सालमा राखेपको सदस्य सचिव नियुक्त भएपछि दश वर्ष सम्म सञ्चालन हुन नसकेको वृहत पाँचौँ राष्ट्रिय खेलकुद प्रतियोगिता २०६५ काठमाडौँमा भव्यतापुर्वक सम्पन्न गर्नुका साथै यहि अवधिमा मुलुकको समग्र खेलकुद विकासका लागि दुरगामी सोचका साथ नयाँ नीति एवं कार्यक्रमका रुपमा ‘भिजन ट्वान्टी ट्वान्टी’ अगाडि सारेका थिए ।

जीवनराम श्रेष्ठले नै मुलुकमा पहिलो पटक स्पोर्टस एकेडेमी स्थापना गर्ने पहल गरे जसको तत्कालिन प्रधानमन्त्री माधवकुमार नेपालबाट मकवानपुरको हेटौँडामा त्यसको शिलान्यास गरी  कार्य प्रारम्भ गरेका थिए ।

श्रेष्ठ नेपाल ओलम्पिक कमिटीको महासचिव हुँदै हाल अध्यक्ष रहेका छन  । यही आधारमा उनि ओलम्पिक कमिटी अफ साउथ एशियाको अध्यक्ष तथा नेपाल स्की संघको अध्यक्ष पनि रहेका छन ।

काठमाडौ उपत्यकामा रहेका विश्व सम्पदा सुचीमा रहेका मध्य महत्वपुर्ण सम्पदा मध्यका दुई स्वयम्भुनाथ र बसन्तपुर दरवार क्षेत्र निर्वाचन क्षेत्र नम्बर ८ मा पर्दछन् । यि समपदाहरुको संरक्षण र प्रवद्र्धन मार्फत यो क्षेत्रलाई विशेष पर्यटकीय क्षेत्र बनाउने योजना वाम गठबन्धनका संयुक्त उम्मेदवार जीवनराम श्रेष्ठसंग रहेको छ ।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

तपाइँको प्रतिक्रिया ।