काठमाडौं क्षेत्र नं ५ मा बाम गठवन्धनको तर्फ बाट ईश्वर पोखरेल उम्मेदवार

काठमाडौं क्षेत्र नं ५ मा बाम गठवन्धनको तर्फ बाट ईश्वर पोखरेल उम्मेदवार

कपन अनलाइन 

काठमाडौ,कार्तिक ११ ।

काठमाडौं क्षेत्र नं ५ मा बाम गठवन्धनको तर्फ बाट एमाले महा सचिव ईश्वर पोख्रेल प्रतिनिधि सभा क्षेत्रको उम्मेदवार बनेका छन ।

ओखलढुंगा जिल्लाको तत्कालिन माम्खा गाविसमा पिता शिव कुमार पोखरेल र माता राम कुमारी पोखरेलका  ८ मध्ये कान्छो सन्तानको रुपमा  २०१० शाल माघ २२ गते जन्मिएका पोखरेल नेकपा माले र मार्क्सवादीको एकीकरण पछी बनेको नेकपा एमालेका पनि संस्थापक नेता हुन ।

२०२५ शाल बाट राजनीतिक आन्दोलनमा सहभागी भै २०३२ शाल देखि भूमिगत राजनीति सुरु गरेका पोखरेलले २०२७ शालमा रु ५ तिरी पार्टीको सदस्यता प्राप्त गरेका थिए ।त्यस समय पोखरेल नेपाल कम्युनिस्ट पार्टी (पूर्वी कोशी प्रान्तीय कमिटि ) को सदस्य बनिसकेका थिए ।२०२६ शालमा भारतले गरेको नाकावन्दीको विरोध गर्दा उनि १ महिना हिरासतमा समेत परेका थिए ।

२०२७ शालमा प्रवेशिका परिक्षामा सफल भएका पोखरेल प्रविणता प्रमाण पत्र तह र स्नातक तहमा अध्ययनरत समयमा पनि विद्यार्थी आन्दोलनमा सक्रिय रहेका थिए । उनि २०३३ शाल असोज ७ गते अखिल नेपाल क्रान्तिकारी को अर्डिनेसन केन्द्र (माले ) को केन्द्रिय सदस्य बनेका थिए ।

पोखरेलले विगतका निर्वाचन मा पनि यसै क्षेत्र बाट निर्वाचन लडेका थिए ।यस निर्वाचनमा  उनले नेपाली कांग्रेसका केन्द्रिय सदस्य प्रकास शरण महत संग प्रतिस्पर्धा गर्ने छन ।

विगत लामो समय देखि यसै क्षेत्रमा बसोवास गर्दै आएका पोखरेल ले क्षेत्र को विकास र यस क्षेत्रको पहिचान स्थापित गर्न उम्मेदवारी दिएको बताउदै आएका छन।अव को निर्वाचन पश्चात रास्ट्रिय राजनीति संगै क्षेत्रको विकासमा सम्पूर्ण रुपमा आफ्नु लाग्ने बताउदै पोखरेलले क्षेत्र भित्र विभिन्न कार्यक्रमहरु संचालन गर्दै आएका छन ।

 

तपाइँको प्रतिक्रिया ।