नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं ४ को प्रदेस “ख” मा चार नेताको टक्कर

नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं ४ को प्रदेस “ख” मा चार नेताको टक्कर

कपन अनलाइन 

काठमाडौ.कार्तिक ९ ।

नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं ४ को प्रदेस “ख” मा अहिले नेताहरु विच टिकट दौड निकै रोमान्चक मोडमा पुगेको छ ।

यस प्रदेस क्षेत्रमा नेपाली कांग्रेसमा लामो समय देखि क्रियाशील एबम  विभिन्न तह र निकायमा जिम्मेवारी बहन गरेका नेताहरुले दावी गरे पछी यो दौड रोमान्चक बनेको हो ।यस क्षेत्रमा नेपाली कांग्रेस बाट टिकट दावी गर्ने क्रममा ४ जना नेताहरु विच टक्कर परेको छ।

यो दौडमा अहिलेब नेपाली कांग्रेसका महा समिति सदस्य साधुराम खड्का , साविक कपन गाविसका पर्व अध्यक्ष आत्माराम पौडेल , साविक चुनिखेल गाविसका पुर्व अध्यक्ष न्हुछे नारायण श्रेष्ठ र बुढानिलकण्ठ नगरपालिकामा नेपाली कांग्रेसका प्रतिनिधि राजाराम बुढाथोकी रहेका छन ।

यी चारै जना नेताहरु अहिले स्थानीय स्तर र माथिल्लो  तहका नेताहरु संग टिकटको लबिंगमा निकै सक्रिय बनेको एक क्षेत्रीय सदस्यले बताए ।

स्थानीय तहको निर्वाचनको परिणाम नेपाली कांग्रेसको खिलाफमा गए पछी अहिले यस क्षेत्रका नेताहरु आसन्न निर्वाचनमा केन्द्रित गतिविधिमा सक्रिय बनेका छन ।

अहिले टिकट दौडको क्रममा रहेका ४ जनै नेताहरु फरक खुवी र क्षेमता भएका नेताहरु हुन् जसको योगदान र भूमिका विशेष किसिमको रहेको नेपाली कांग्रेसका एक नेता बताउछन ।

विकास निर्माण र आन्तरिक संगठनमा सबै नेताको उतिक्कै भूमिका रहेकोले पनि अहिले नेपाली कांग्रेसको तर्फ बाट कसले टिकट प्राप्त गर्छ भन्ने अनुमान गर्न नसकिने अर्का नेता बताउछन ।

यस क्षेत्रमा नेपाली कांग्रेस अहिले नेकपा एमालेको उम्मेदावर घोषणाको प्रतिक्षामा रहेको चर्चा चलेको छ ।नेकपा एमाले वा वाम गठवन्धनको उम्मेदावर निर्क्यौल भए पछी यी मध्ये कसलाई नेपाली कांग्रेसले अगाडी सार्छ भन्ने विषय टुंगो लाग्ने देखिएको नेपाली कांग्रेस निकट एक बुद्धिजीवीले बताए ।उनले अहिले यस क्षेत्रमा नेकपा एमालेको उम्मेदवार हुदा र नेकपा माओवदी केन्द्रले यो क्षेत्र पाउदा नेपाली कांग्रेसको उम्मेदवारी दिने व्यक्तित्व फरक पर्न सक्ने अनुमान छन ।

 

 

 

तपाइँको प्रतिक्रिया ।