देउसी भैलोमा उठेको रकम सुबुनाको चुनाबी अभियानमा खर्च गरिने

देउसी भैलोमा उठेको रकम सुबुनाको चुनाबी अभियानमा खर्च गरिने

कपन अनलाइन 

काठमाडौ,कार्तिक ८  ।

बिबेकशील साझा पार्टीको काठमाडौ क्षेत्र नं ४ बाट उम्मेदवारी दिनुभएकी सुश्री सुबुना बस्नेतले शुभ दिपावलीको अवसरमा काठमाडौँको विभिन्न स्थानमा देउसी भैलो कार्यक्रम आयोजना गरेकी छन ।  बस्नेतले  क्षेत्र नम्बर ४ मा कांग्रेसका गगन थापा र एमालेका डा. राजन भटराईसंग प्रतिस्पर्धा गर्दै छन  ।
“लूटतन्त्र बिरुद्धको देउसी भैलो” नाम दिईएको उक्त कार्यक्रम काठमाडौको जयबगेश्वोरी मन्दिर परिसर, ज्ञानेस्वर, बुढानिलकण्ठको नारायणथान मन्दिर परिसर, कपनको मिलन चोक र चाबहिलको लामपोखरीमा आयोजना गरिएको थियो ।
उक्त कार्यक्रमका संयोजकका अनुसार कार्यक्रमको मुख्य उदेश्य भनेको लूटतन्त्रको बारेमा जनमानसमा सचेतना फैल्याउने रहेको र देशको लागि युवा नेतृत्वको आवस्यकता झल्काउनु रहेको बताए ।
उक्त कार्यक्रममा बोल्दै  बस्नेतले अब देशमा राजनीतिको नया बिउ रोप्ने बेला आएको र देशमा युवा राजनीतिको खाचो भएको बताए  । कार्यक्रमका संयोजक तुषार नेउपानेका अनुसार देउसी भैलोमा उठेको रकम सुबुनाको चुनाबी अभियानमा खर्च गर्ने जानकारी दिए ।

 

तपाइँको प्रतिक्रिया ।