हरीबोधनी एकादशी मेला संचालनका लागी बूढानिलकण्ठ क्षेत्र बिकास समितीको तयारी भेला सम्पन्न

हरीबोधनी एकादशी मेला संचालनका लागी बूढानिलकण्ठ क्षेत्र बिकास समितीको तयारी भेला सम्पन्न

कपन अनलाइन 

काठमाडौ,कात्तिक ६ ।

बूढानिलकण्ठमा मन्दिरमा यही कार्तिक १४ गते देखी १८ सम्म हुने  हरीबोधनी एकादशी मेला संचालनका लागी नेपाल सरकार बूढानिलकण्ठ क्षेत्र बिकास समिती द्वारा तयारी भेला सम्पन्न गरिएको छ ।

बूढानिलकण्ठ नगर प्रमुख उध्दब खरेलको प्रमुख आथिथ्यतामा भएको भेलामा यस क्षेत्रका संघ संस्थाहरु, समितिका पदाधिकारीहरु, बुनपा २,३ र ५ का वाड अध्यक्षहरु र स्थानियहरुको उपस्थिति रहेको थियो।

सो भेलाको अध्यक्षतामा क्षेत्र बिकास समितिका अध्यक्ष जयराम थापाले गरेका थिए  ।

तयारी भेलाले थापाको संयोजकत्वमा १०१ बूढानिलकण्ठ मेला संचालन मूल समारोह समिती गठन गरेको छ । मेलालाई सहयोग गर्न ९ वटा बिभिन्न उप-समितिहरुको साथै सचिवालय समेत गठन गरीएको छ।  यस वर्ष हरिबोधनी एकादशी मेला बिशेष रुपले मनाउन भब्य तयारी गर्ने निर्णय गरिएको आयोजकले जनाएको छ ।

तपाइँको प्रतिक्रिया ।