रास्ट्रिय पुनर्निर्माण प्राधिकरणका सीईओ डा. गोविन्द पोखरेलले राजीनामा दिए

रास्ट्रिय पुनर्निर्माण प्राधिकरणका सीईओ डा. गोविन्द पोखरेलले राजीनामा दिए

कपन अनलाइन

काठमाडौ,कार्तिक ६।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी (सीईओ) गोविन्दराज पोखरेलले राजीनामा दिएका छन् । सरकारले नयाँ सीईओ नियुक्त गर्ने तयारी गरेको छ ।पोखरेलले शनिबार राजीनामा दिएका थिए ।

पोखरेल प्राधिकरण गठन लगतै योजना आयोगको उपाध्यक्षसँगै पुनर्निर्माणको सीईओ पनि थिए । तर, एमाले सरकारले उनलाई निरन्तरता दिन चाहेन । तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले सुशील ज्ञवालीलाई सीईओ बनायो । उनले काम गर्न नसकेको भन्दै कांग्रेस र माओवादी गठबन्धन सरकारले ज्ञवालीलाई बर्खास्त गरेपछि पोखरेललाई नयाँ सीईओ नियुक्त गरेको थियो ।

पोखरेल अहिले प्युठानबाट चुनाव लड्ने तयारीमा गर्दै राजिनामा दिएको श्रोतले बतायो  ।

तपाइँको प्रतिक्रिया ।