काठमाडौं क्षेत्र नं ९ प्रदेस २ का धर्मराज गौतम भन्छन सबै योग्य छन पार्टीको निर्णय सर्वमान्य हुन्छ
कपन अनलाइन
काठमाडौ,असोज २८।
काठमाडौंका प्रभावशाली नेताका रुपमा परिचित क्षेत्र नं ९ का पूर्व क्षेत्रीय सभापति एवम् महाधिवेशन प्रतिनिधी धर्मराज गौतमले आफ्नो क्षेत्र र प्रदेशमा सिफारिस भएका सबै नेताहरु सक्षम र योग्य रहेको बताएका छन । आगामी संघिय निर्वाचनका लागि काँग्रेस क्षेत्र नं ९ को प्रदेश २ बाट सिफारिस भएका धर्मराज गौतम, वर्तमान सभापति जयकृष्ण महर्जन, साथै राजन के.सी, तिनजना नेविसंघको सक्रिय राजनीतिबाट स्थापित भएका नेता हुन भने उनिहरु संगै सिफारिस भएका गौरी दवाडी , श्यामकृष्ण खड्का, रिता दवाडी काठमाडौंका काग्रेसका प्रभावशाली नेताहरु हुन ।
प्रदेसको सिफारिसमा परेका सबै नेताहरु सक्षम र योग्य भएको हुँदा मेरो लागि पार्टी निर्णय सदासर्वदा सर्वमान्य हुने बताउदै पार्टीले आफुलाई योग्य सम्झेर अवसर दिएको खण्डमा पार्टीको जितलाई सहज हुने बताएका छन ।
को हुन धर्मराज गौतम?
काठमाडौंका पुरान तथा उर्जावान नेताका रुपमा परिचित गौतम २०५१ साल देखी २०७२ सम्म क्षेत्र नं ६ र ९ को क्षेत्रीय सभापतिका रुपमा कार्य गदै आएका व्यक्ति हुन । २०७२ मा विधिपूर्वक क्षेत्रीय सभापति छोडेर सर्वाधिक मतका साथ हाल गौतम महाधिवेशन प्रतिनिधीका रुपमा रहेका छन । २०३९ सालमा अस्कल क्याम्पसबाट नेविसंघको राजनीति सुरुवात गरेका गौतम २०४१ मा तहाचल क्याम्पसमा नेविसंघको तर्फबाट स्ववियु सचिव हुदै २०४३ मा सभापतिको निर्वाचनमा समेत भाग लिएका थिय ।
विद्यार्थी राजनीतिल संगै शिक्षण पेशामा समेत सक्रिय उनि २०४४ को भि.सि धर्नामा पक्राउ परेका थिए । उक्त धर्नामा धर्नामा हाल काँगैसका प्रभावशाली नेताहरु वालकृष्ण खाँड, हृदयराम थामी, एन.पि.साउथ , वीर वहादुर बलायर , नविन्द्रराज जोशी लगायतका नेताहरु संगै ३ महिना हिरासतमा परेका थिए ।
वी.पी, गणेशमान, किसुनजी को प्रेरणामा राजनीतिमा सक्रिय भएको बताउने गौतमले अस्कल पढ्दा गणेशमान सिंहज्यूको नेतृत्वलाई नजिकबाट नियाल्ने अवसर पाएको स्मरण गर्दै भने अहिले पनि विद्यार्थी राजनीतिको झल्कोले मलाई उत्साहित बनाउने गरेको छ । २०४९ सालमा स्युचाटार गाविसको अध्यक्ष गाविस अध्यक्ष हुदै आफ्नो क्षमतालाई जनतामाझ स्थापित गराउन सफल गौतम नेपाल खानेपानी संस्थानका अध्यक्ष समेत बन्न सफल भएका थिए ।
उनलाई राजाको प्रत्यक्ष शासनकालमा ज्ञानेन्द्रले अपदस्थ गरेका थिए । अनेकौ अवरोधका बाबजुत समेत गौतमले क्षेत्रीय सभापतिको जिम्मेवारीमा काठमाडौंका क्षेत्र नं ६ ९ लाई दुवै पटकको संविधान सभा निर्वाचनमा पार्टीलाई विजयी बनाउन सफल भएका थिय । ९ नं क्षेत्र भित्र पर्ने दुई नगरपालिकामा समेत काँग्रेसले जित हात परेको छ ।
चन्द्रागीरि नगरपालिका र नागार्जुन नगरपालिकामा काँग्रेस विजयी हुँदा यस क्षेत्रको काँग्रेसमा आवद्ध साथीहरुको क्षमताको बारेमा अनुमान लगाउन सकिन्छ, गौतम बताउछन । क्षेत्रीय सभापतिका साथमा यस क्षेत्रका सक्रिय सक्षम योग्य नेता तथा कार्यक्रताहरुको सहयोगका कारण जित सम्भव भएको हो । सोहि समयका साथीहरु कोहि प्रतिनिधी सभा कोहि प्रदेश क. ख मा सिफारिस भएको बताउदै आन्तरीक प्रतिस्पर्धालाई सहर्ष स्विकार गर्ने र पार्टीको निर्णयलाई सर्वमान्य रुपमा लिएर अगाडी बढदै क्षेत्र नं ९ को ३ वटै स्थानमा काँग्रेसलाई जिताउन सबै हिड्नु पर्ने बताए ।
आफ्नो अभियान रुख चिन्ह जिताउने भएकाले वी,पी , गणेशमान , किसुन जी देखी शुसील कोइराला सम्मको संविधान र आर्थिक समृद्धिको पथमा हिड्दा सन्तुष्टि मिल्ने समेत उनले बताए । पार्टी सिद्धान्त र आचरणको अनुसरण गर्दै हिड्दा सबैको हित हुने उनले बताए ।
क्षेत्र नं ९ को प्रदेश २ मा नागार्जुन नगरपालिका भित्रका ६,७,८,९,१० र चन्द्रागीरी नगरपालिकाको १,१२,१३,१४,१५ नं वडाहरु रहेका छन ।