कृत्रिम अङ्ग तथा सहायक उपकरण सेवा समाजको अन्तरक्रिया सम्पन्न
कपन अनलाइन
काठमाडौ,असोज २८
कृत्रिम अङ्ग तथा सहायक उपकरण सेवा समाज द्वारा असोज २५ २०७४ गते बार्षिक साधारण सभा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
नेपालमा उल्लेखनिय संख्यामा रहेका विभिन्न प्रकारका शाररिक अपाङ्ग ब्यक्तिहरुको कृत्रिम अङ्ग तथा सहायक उपकरण (प्रोस्थेसिस् तथा अर्थोसिस्) द्वारा वैज्ञानिक तरिकाले समुचित पुनस्र्थापना गरी सबै शारिरीक अपांगता भएका व्यक्तिहरुले समाजमा आत्मासम्मानपूर्वक जीवनयापन गर्न सकोस भन्ने लक्ष्य लिएर समाज स्थापना भएको हो।
समाजका संयोजक अमित रत्न बज्राचार्यको अध्यक्षतामा भएको यो कार्यक्रम आई. सि.आर. सि का मिसन प्रमुख श्री एन्द्रे पाएकेट तथा ह्याण्डिक्याप ईन्टरनेशनलका निर्देशक श्री वील्ली बर्गोनको प्रमुख अतिथ्यतामा सबै सहभागीद्वारा दिप प्रज्वलन गरी संयुक्त रुपमा समुद्घाटन गरेका थिए ।
अन्तरक्रिया कार्यक्रममा सरकारी तथा गैर सरकारी सरोकारवाला, स्वास्थ्य व्यवसायी संगठन, सेवा प्रदायक संस्था तथा अपांगता भएका व्यक्तिहरुको संस्थाहरुको सहभागीता थियो ।
संयोजक अमित रत्न बज्राचार्य ले सेवाको गुणस्तरीय मापदण्ड, पेशाकर्मीको आचार संहिता तथा कृत्रिम अंग तथा सहायकउपकरण पुनस्र्थापन संचालनको मापदण्डको विकास गर्न सरकारी सरोकारवाला संस्था तथा मन्त्रालयले चासो देखाउनु पर्ने विचार राखेका थिए ।