काठमाडौं क्षेत्र नं ४ मा सक्रिय बन्दै डा. राजन भट्टराई
कपन अनलाइन
काठमाडौ,सोज २८ ।
नेकपा एमाले काठमाडौं क्षेत्र नं ४ बाट प्रतिनिधि सभा उम्मेदवारको लागि सर्वसम्मत सिफारिस भएका एमाले केन्द्रिय सदस्य एबम सांसद डा. राजन भट्टराई क्षेत्र नं ४ मा सक्रिय बनेका छन । उनी अहिले यस क्षेत्रमा दैनिक विभिन्न कार्यक्रममा सहभागी भै रहेका छन ।
२०७४/६/२७ गते उनले बुढानिलकण्ठ नगरपालिका वडा नं ९ को शुभकामना आदान प्रदान कार्यक्रममा सहभागी भए भने त्यस पश्चात उनले मैतीदेवी मा रहेको भेटघाट कार्यक्रममा उपस्थित रहेका थिए ।
शुक्रवार नै उनले चावहिलमा रहेको भेटघाट कार्यक्रम र कामपा १ नक्सालमा रहेको कार्यक्रममा सहभागी बनेका थिए।त्यस पश्चात उनले बुढानिलकण्ठ नगरपालिका वडा नं १० को एकता वस्तीमा भएको महिला भेलामा प्रमुख अतिथिको रुपमा सहभागी बनेका थिए ।त्यसतै उनि बुढानिलकण्ठ नगरपालिका वडा नं १२ को फैकाको टोल भेलामा पनि सहभागी बनेका थिए ।
प्रतिनिधि सभा क्षेत्रमा सर्वसम्मत सिफारिसमा परे पछी उनि यस क्षेत्रका हरेक कार्यक्रममा सक्रियता पुर्वक उपस्थिति जनाई रहेको एक क्षेत्रीय सदस्यले बताए ।