किसुन जि कपमा प्राप्त पुरस्कार रकम वाल अपांग टेवा संस्थालाई हस्तान्तरण

किसुन जि कपमा प्राप्त पुरस्कार रकम वाल अपांग टेवा संस्थालाई  हस्तान्तरण

कपन अनलाइन

काठमाडौ,असोज २३।

किसुन जि कपको नगद पुरस्कार अपाङ्ग वालवालबालिकाको खेल विकासका लागि किसुन जि कप भेट्रान फुटबलको सर्वोत्कृष्ट खेलाडी कुमार थापा र सर्वोत्कृष्ट गोल किपर राजेन्द्र गौतमले प्राप्त गर्नुभएको जनही ५–५ हजार रुपैया बराबरको सहयोग आइतबार वाल अपाङ्ग टेवा संस्थाका अध्यक्ष डेण्डी शेर्पालाई हस्तान्तरण गरेका छन ।

२७ जना बालबालिकाहरु अहिले उक्त संस्था मार्फत निःशुल्क अध्ययन बसोबास , खानपानको व्यवस्थामा रहेका छन । खेलकुदमा समेत विशेष रुचि भएको र निकट भविष्यमा नै अपाङ्गहरुको खेलमहोत्सव गर्ने योजनामा रहेका शेर्पालाई थापा र गौतमले सहयोग प्रदान गरेका हुन । सहयोग हस्तान्तरण कार्यक्रममा हिमालयन शेर्पा क्लबका भेट्रान क्याप्टेन एवम् फुटबल विश्लेषक नविन पाण्डे, जिल्ला खेलकुद विकास समितिका उपाध्यक्ष बद्रि भट्टराई, लोकतान्त्रीक खेलकुद संघका सदस्य राजुविक्रम थापा, राष्ट्रिय ह्याण्डबल खेलाडी आशिष अधिकारी लगायतको उपस्थिती रहेको थियो ।

तपाइँको प्रतिक्रिया ।