काठमाडौ क्षेत्र नं ४ प्रदेस क्षेत्र २ मा अन्य ६ सहित मिठाराम अधिकारीको नाम सिफारिस

काठमाडौ क्षेत्र नं ४ प्रदेस क्षेत्र २ मा अन्य ६ सहित मिठाराम अधिकारीको नाम सिफारिस

कपन अनलाइन 

काठमाडौ,असोज १९।

नेकपा एमाले काठमाडौं क्षेत्र नं ४ प्रदेस क्षेत्र २ ले ७ जनाको नाम सिफारिस गरेको छ ।आगामी मंग्सिर महिनामा हुने निर्वाचनका लागि प्रदेस सभा तर्फ सिफारिसमा परेका नाम हरुमा अधिकांस यस क्षेत्रमा सक्रिय रहेका स्थानीय नेताहरु परेका छन।कुसुम कुमार कार्की ,जयराम थापा ,धुर्व राज न्यौपाने ,विदुर विक्रम खड्का ,सुन्दर पुर्कुटी र सरिता निरौला संगै यस क्षेत्रको प्रदेस सभाको लागि मिठाराम अधिकारीको नाम पनि सिफारिस भएको छ ।

दुइ दिन सम्म चलेको बैठकमा सर्वसम्मति बन्न नसके पछी आकांक्षी सबै को नाम माथिल्लो कमिटीमा पठाउने निर्णय भएको एक नेताले बताए ।

मिठाराम अधिकारी तत्कालिन कपन गाविसका अध्यक्ष रहिसकेका नेता हुन् । २०४९ शालको स्थानीय निकायको निर्वाचनमा पराजित उनि २०५४ शालको स्थानीय निकायको  निर्वाचनमा विजयी बनेका थिए ।पंचायत कालिन अवस्था देखि नै राजनीतिमा सक्रिय उनि यस क्षेत्रमा सामाजिक कार्यकर्ताको रुपमा बढी चिनिएका व्यक्ति हुन् ।

निरन्तर सामाजिक र राजनीतिक गतिविधिमा सक्रिय अधिकारी यस क्षेत्रका विविध सामाजिक र अन्य संस्थाहरुमा संलग्न रहेका छन ।स्थानीय तहको निर्वाचनमा बुढानिलकण्ठ नगरपालिकाको प्रमुख दावी गरेका उनि अन्तिम समयमा टिकट प्राप्त गर्न असमर्थ रहेका थिए ।

नेकपा एमाले काठमाडौं जिल्ला कमिटि सदस्य रहेका उनले तत्कालिन कपन गाउ कमिटि सचिव र इलाका कमिटि सचिवको जिम्मेवारी पनि बहन गरेका उनि अहिले नेकपा एमाले काठमाडौं क्षेत्र नं ४ प्रदेस २ को सह संयोजक रहेका छन ।

कपन क्षेत्रमा लोकप्रिय नेताको परिचय बनाएका अधिकारीलाई पार्टीको आन्तरिक समीकरण र समुह बद्लीरहने आरोप लाग्ने गरे पनि उनको निरन्तर खट्ने र जनसेवामा लाग्ने बानीको एमाले नेता तथा कार्यकर्ताले प्रसंशा गर्ने गरेको एक क्षेत्रीय नेताले बताए ।

 

 

 

तपाइँको प्रतिक्रिया ।