ओखलढुंगा एमालेमा आकांक्षीहरुको लर्को
कपन अनलाइन
काठमाडौ,असोज १२ ।
नेपाल सरकार निर्वाचन आयोगले संघीय क्षेत्र र प्रदेस क्षेत्रको निर्वाचनको मिति तय गरेपछी अहिले चाड वाडमा को रौनकमा निर्वाचनको रंग पनि थपिएको छ । अहिले सवै जसो दलका नेताहरु चाड मनाउनुका साथ साथै चुनावी बहसमा पनि लागि सकेका छन ।
संघ र प्रदेस को गरि २ वटा निर्वाचन हुने भएकोले पनि अहिले चुनावी बहस र टिकटको दौड निकै रोचक भैरहेको छ । यो रौनकता अहिले ओखलढुंगा एमालेमा पनि देखिएको छ ।
अहिले ओखलढुंगा जिल्लाका विभिन्न गाउँ पालिका र स्थानीय तह मात्र हैन काठमाडौमा पनि चर्चा परिचर्चा सुरु भैसकेको छ। ओखलढुंगा एमालेका नेताहरु अहिले स्थानीय तहमा सक्रिय मात्र बनेका छैनन् उनीहरु काठमाडौं केन्द्रित बन्दै विभिन्न नेताहरुको घर दैलोमा पुग्ने क्रम सुरु भएको एमाले ओखलढुंगाका एक नेताले बताए ।
संघीय निर्वाचनको लागि एउटा मात्र क्षेत्र रहेकोले यस क्षेत्रको उम्मेदवार वर्तमान सांसद एबम नेकपा एमालेका केन्द्रिय सदस्य यज्ञराज सुनुवारले टिकट पाउने लगभग पक्का भएको एमाले ओखलढुंगाका एक नेताले बताए। तर पछिल्लो चरणमा बैकल्पिक केन्द्रिय सदस्य किशोर अधिकारी र सांसद हर्कवोल राईले पनि टिकट दावी गरेको ति नेताले बताए। उनिहरुको दावी प्रदेस सुरक्षित गर्नको लागि हुन् सक्ने ति नेताको अनुमान छ ।
त्यस्तै २ वटा प्रदेस क्षेत्र रहेको ओखलढुंगामा अहिले विभीन्न नेताहरुको टिकट दौड सुरु भैसकेको एक नेताले बताए । प्रदेस क्षेत्र तर्फ १ नं भन्दा २ नं क्षेत्रमा आकांक्षीहरुको संख्या धेरै देखिएको छ।
ओखलढुंगा जिल्लाको प्रदेस क्षेत्र नं १ तर्फ अहिले टिकट दावीमा अम्बिरबाबु गुरुङ ,शंकर कटुवाल,सकुन्तला राजभण्डारी र सिताराम गुरुङको नाम अग्रपंक्तिमा रहेको छ। संघीय क्षेत्रमा टिकट नपाउने हुदा यस क्षेत्रमा हर्कवोल राइले पनि दावी गर्न सक्ने श्रोतले बतायो ।
प्रदेस क्षेत्र नं १ को तुलनामा प्रदेस क्षेत्र नं २ मा आकांक्षीहरुको लामो लर्को रहेको छ जसमा नानीबाबु बुढाथोकी ,नेत्र भट्टराई ,तिर्थ सुवेदी अमृत धमला ,फडिन्द्र लुइँटेल र शंकर बहादुर कार्की नाम अग्र पंक्तिमा रहेको छ। संघीय क्षेत्रमा दावी गरिरहेका किशोर अधिकारीले पनि त्यहा सम्भावना कम हुदा यस क्षेत्रमा दावी गर्ने संकेत दिएको एमाले ओखलढुंगाका एक नेताले बताए। धेरै आकांक्षीहरु रहेको हुदा सहमतिमा नाम छनौट हुने सम्भावना झिनो रहेकोले यस क्षेत्रमा सहमतिको लागि केदारराज पुडासैनी वा सुरेन्द्र बोगटीलाई अगाडी सार्ने सम्भावना नकार्न नसकिने ति नेताले बताए ।